आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १५ सयले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ। बिहीवार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ।



Discussion about this post