राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको बताउनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको विशिष्ठ महत्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षासँगै विद्यालय तहबाट नै खेल प्रतिष्पर्धा, कार्यक्रम र गतिविध बढाएर खेलप्रति आकार्षण र प्रोत्साहन गर्न सरकारले विशेष गतिविधिसँगै नीति र कार्यक्रम बढाउनुपर्ने समेत बताउनुभएको हो । उहाँले खेलकुद विकास र जिम्मेवार नागरिक बन्न राष्ट्रपति रनिङ शिल्ड महहत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले खेलप्रति सबैको चाहना बढ्दै गइरहेको र यसको विकासका लागि राज्यले पनि लगानी बढाउनुपर्ने बताउनु भयो । खेलप्रतिको भावना जागृत गर्दै भविष्यमा उत्कृष्ट खेलाडी उत्पादनमा यस किसिमको राष्ट्रिय प्रतियोगिता माध्यम बन्ने राष्ट्रपति पौडेलको जोड थियो । राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद प्रतिष्पर्धामा मात्र सिमित नभई अनुशासन कायम गर्न, व्यक्तित्व विकास गर्न र राष्ट्रिय एकता कायम राख्न पनि महत्वपूर्ण माध्यम बनिरहेको धारणा राख्नुभयो । पौडेलले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना, भाइचारा, आपासी मित्रता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै खेलसँग सरोकार पक्षले पनि ध्यानु दिनुपर्ने उहाँको जोड छ । यो प्रतियोगिताको माध्यमबाट खेल विकास मद्दत पुग्ने र देशभरका प्रतिभा पहिचान गर्ने आशा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । यसका लागि आवश्यक खेल मैदानसहित पूर्वाधार, दक्ष प्रशिक्षक, प्रशिक्षण र समयाअनुकूल प्रशिक्षण आवश्यक रहेको बताउनु भयो । राष्ट्रपति पौडेलले खेलप्रति नै मेरो भविष्य सुनिश्चित छ भन्ने भावना विद्यार्थीमा बढ्नुपर्ने बताउनु भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहाललाई ओलम्पिक टर्च प्रदान गर्दै उद्घाटन गर्नुभएको थियो ।
जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै...
Read more






Discussion about this post