HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

धेरै सुन्दर भएका कारण पौडी खेलाडीलाई पेरिस ओलम्पिकबाट घर पठाइयो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न गएकी एक खेलाडीलाई उनी धेरै सुन्दर भएका कारण ओलम्पिक भिलेजमा बस्न नदिइ घर फर्काइएको दाबी गरिएको छ । पाराग्वेकी पौडी खेलाडीलाई यसरी आफ्नो देश फर्काइएको बताइएको छ ।

सुरुमा पाराग्वेकी पौडी खेलाडी लुआना अलोन्सोलाई उनको खराब व्यवहारका कारण पेरिस ओलम्पिकबाट घर फिर्ता पठाइएको बताइएको थियो । स्वदेश फर्केपछि उनले पौडीबाट पनि सन्यास लिएकी छिन्। तर अहिले उनलाई घर फर्काउनुको कारण उनको खराब व्यवहार नभइ अर्कै भएको दाबी गरिएको छ ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार लुआनालाई घर पठाइनुका कारण उनको सौन्दर्य थियो । किनभने उनको अथाह सौन्दर्यले टोलीका अन्य खेलाडीहरूलाई विचलित गरिरहेको थियो । लुआनाले पेरिस ओलम्पिकमा आफ्नो सुन्दरताका कारण धेरैजनाको मन जितेकी थिइन्, जसमा अधिकांश पेरिस ओलम्पिकका खेलाडी थिए र यो उनको लागि निकै महँगो साबित भयो ।

उनको टोलीका साथीहरूले उनको सुन्दरतालाई सम्हाल्न नसकेपछि उनलाई स्वदेश फर्काइएको रिपोर्टमा दाबी गरिएको छ । पाराग्वेमा फर्केपछि लुआनाले पौडी खेलबाट सन्यास लिएको घोषणा गरेर सबैलाई चकित पारेकी छिन्, तर उनले आफ्नो भविष्यको योजना के छन् भनेर खुलाएकी छैनन्।

लुआना प्रतियोगिताको फाइनलमा पुग्न सकेकी थिइनन् । यद्यपि खेलाडीहरूलाई अगस्ट ११ मा हुने पेरिस खेलकुदको औपचारिक समापनसम्म ओलम्पिक भिलेजमा बस्न अनुमति दिइन्छ। तर उनलाई समापन आउन केही दिन बाँकी छँदै ओलम्पिक भिलेजको आफ्नो आवास खाली गर्न भनियो जसका कारण अलोन्सो घर फर्किनुपरेको थियो।

उनको राष्ट्रिय टोलीका प्रबन्धकले उनको उपस्थितिले उनको सम्पूर्ण पाराग्वे टोलीलाई नराम्रो प्रभाव पारेको बताएको दाबी गरिएको छ । उनी आकर्षक बनेर ओलम्पिक भिलेजमा घुम्दा अन्य खेलाडीले आफ्नो खेलमा भन्दा उनीतिर बढि ध्यान दिन थालेका थिए । तर, ओलम्पिक भिलेज छाड्न भनिएको विषयमा लुआना आफैंले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

Previous Post

शनिबार यी स्थानमा हुने छ भारी वर्षा

Next Post

फेरी बढ्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

फेरी बढ्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.