सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार फेरि १ हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेर कारोबार भैइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।




Discussion about this post