HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अर्कैसँग लागेको रिसमा छोडपत्र गरिसकेकी श्रीमतीको हत्या

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कानुनी रुपमा छोडपत्र गर्ने सहमति गरेको ११ दिनपछि नेपाली सेनाका एजकना अमलदारले श्रीमतीको हत्या गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ सुकौरा रोडमा ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकी खुकुरी प्रहार गरी शुक्रबार बिहान ८ बजे हत्या गरेका हुन् ।
गत जेठ १४ गते यी दुईजनाबीच छोडपत्रको सहमतिमा हस्ताक्षर भएको थियो । तर आर्थिक लेनदेन मिलाउन बाँकी थियो । त्यही लेनदेन मिलाउन भन्दै शालिकराम शुक्रबार बिहान टीकाको कोठामा पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाका अनुसार टीकाको कोठामा बाँकी लेनदेन मिलाउन पुगेका शालिकरामले त्यहीँ झगडा झिकेका थिए । झगडा परेपछि टीका ज्यान जोगाउन भागेर छिमेकीको कौसीमा चढेकी थिइन् ।
भर्खरै शान्ति सेनाबाट आएका शालिकरामले छिमेकीको त्यही कौसीमा चढेर टीकामाथि खुकुरी बर्साएका थिए ।

प्रहरीका अनुसार शालिकराम शान्तिसेनामा गएपछि टीका नेपाली सेनाकै अर्का जवानसँगको उठबसमा थिइन् । त्यहीकारण शालिकराम र टीकाबीच जेठ १४ गते छोडपत्र भएर अलग्गिएका थिए ।

तर, शान्ति सेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको पाइएपछि शालिकराम आक्रोशित थिए । छोडपत्र गरे पनि उनी टीकासँग बदला लिने योजनामा थिए । शान्तिसेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको थाहा पाएपछि शालिकरामले छोडपत्र गरेर पनि ज्यान लिएको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए ।प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएर ढलेकी टीकालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। तर उनले बिहान ९ बजे दम तोडिन् ।

छोडपत्र गरिसकेकी श्रीमतीको ज्यान लिएका शालिकरामलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।

शालिकराम सल्यानको कपुरकोट-६ निवासी हुन् । उनी अहिले सेनाको ज्वालदल गण बारामा कार्यरत थिए ।

शालिकरामकी श्रीमती टीका पछिल्लो समय नेपाली सेनाकै अर्का जवान आर्यन थापासँगको सम्बन्धमा थिइन् । टीका र आर्यन सँगै बस्ने गरेको पनि खुलेको छ । टीकासँगको सम्बन्धमा रहेका आर्यनलाई पनि शालिकरामले खुकुरी हानेका छन् ।

खुकुरी प्रहारबाट थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुँदै छ ।

शालिकराम र टीकाबीच छोडपत्र भएपछि आर्यन बिहेको तयारीमा थिए । टीकासँग आफू सँगै बस्दै आएको बयान पनि आर्यनले प्रहरीलाई दिएका छन् ।

अछाम घर भएका आर्यन नेपाली सेनाको तुलसीपुरस्थित १९ नम्बर बाहिनीका सिपाही हुन् । आफ्नी श्रीमती अरुसँग लागेको देखिसकेपछि शालिकराम तनावमा थिए । प्रहरीका अनुसार यो घटनाको मुख्य कारण यही हो ।

Previous Post

सुनको मूल्यले बनाएयो नयाँ रेकर्ड,तोलाको १ लाख ४५ हजार रुपैयाँ पुग्यो

Next Post

अत्याधिक गर्मीले छाला रोगका बिरामी बढे

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

अत्याधिक गर्मीले छाला रोगका बिरामी बढे

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.