आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।
आज सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।




Discussion about this post