साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ३५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८हजार ९५० ० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला २० रुपैंयाले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।



Discussion about this post