नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।यसअघि बिहीबार सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




Discussion about this post