प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा बढेको छ। यसअवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ। यसको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ। बैंकको सञ्चालन नाफा पनि ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ।
यता, बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत कायम भएको छ। बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ। यसको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ। यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ।




Discussion about this post