१८ मंसिरमा झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–११ स्थित तेलिबारीमा बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए ।






Discussion about this post