नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सोही मूल्य कायम थियो।



Discussion about this post