दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
आज दिउँसो १ः५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए।







Discussion about this post