• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:51:12+05:45305120266 2026-06-13T13:51:12+05:45000000Sat, 13 Jun 2026 13:51:12 +0545Sat, 13 Jun 2026 13:51:12 +0545Asia/Kathmandu630_305106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000012Asia/Kathmandu 620266-13Jun+0545 305106Asia/Kathmandu1230pm06p, 0000006SaturdayAsia/Kathmandu1212 262026000000 k620266 3001Asia/Kathmandu 1351ffAsia/KathmanduSat, 13 Jun 2026 13:51:12 +0545Asia/Kathmandu62026-06-13T13:51:12+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:51:12 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 51f ( '305106Asia/Kathmandu1230pm06p' === $3026pAsia/Kathmandu || '1781337972' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:51:12 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:51:12 +05456 $10630 ? 305106Asia/Kathmandu() : 305106Asia/Kathmandu() + (51630) ( 1Asia/Kathmandu30_2026p305120266( '10630_2026ff12Asia/Kathmandu30' ) * 13+05451781337972R_06_thEC+05456Satth ); } 51f ( '062612qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:51:12'; } $305106Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337972+0545C' ) : 6p_305106Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu305106Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455106Asia/Kathmandu( '620266', $305106Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:51:12 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:51:12 +05456 $13pm30Asia/Kathmandu305106Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:51:12 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

अर्थको तजबिजमा खर्च हुने बजेट करिब ७६ अर्ब, कहाँ हुन्छ खर्च ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अर्थ विविधमा धेरै बजेट राख्ने प्रवृत्तिप्रति बहुराष्ट्रिय निकायले निरन्तर प्रश्न उठाइरहेका छन् । विज्ञहरू यस्तो रकमलाई संसदबाट वैधानिकता लिएर आफूखुसी खर्च गर्न पाउने शीर्षकका रूपमा व्याख्या गर्छन् ।
अर्थ मन्त्रालयको तजबिजमा खर्च गर्न सक्ने गरी राखिने ‘अर्थ विविध’ शीर्षकमा करिब ७६ अर्ब बजेट विनियोजन भएको छ ।

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ मा अर्थ विविधमा ७५ अर्ब ८३ करोड २ लाख रुपैयाँ विनियोजन भएको छ । अर्थ विविधमा धेरै बजेट राख्ने प्रवृत्तिप्रति बहुराष्ट्रिय निकायले निरन्तर प्रश्न उठाइरहेका छन् ।
विज्ञहरू यस्तो रकमलाई संसद्‌बाट वैधानिकता लिएर आफूखुसी खर्च गर्न पाउने शीर्षकका रूपमा व्याख्या गर्छन् ।

उता, अर्थले भने पछिल्लो समय यस्तो बजेट बढाउँदै गएको देखिन्छ । मन्त्रालयका अनुसार अर्थ विविधमा २०७९/८० मा ३० करोड ३७ लाख खर्च भएको देखिन्छ ।
चालु आवमा भने अर्थ विविध शीर्षकबाट ५७ अर्ब ३६ करोड ९० लाख खर्च हुने संशोधित अनुमान छ । यसलाई पनि बढाएर आगामी आवमा ७६ अर्ब पुर्‍याइएको छ ।

अर्थ सचिव मधुकुमार मरासिनीका अनुसार सरकारले भूकम्प पुनर्निर्माणका लागि छुट्याएको झन्डै २२ अर्ब रुपैयाँ अर्थ विविधमा राखिएको छ । साथै, सरकारले चालु आवबाट ल्याएको नयाँ अवधारणा गण्डकी आर्थिक त्रिभुज परियोजनाको बजेट समेत अर्थ विविधमै राखिएको सचिव मरासिनीले जानकारी दिए । सोहीकारण अर्थ विविध रकम धेरै देखिएको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार अर्थ विविध भित्रबाटै विशिष्ट व्यक्तिको भ्रमण खर्चमा हुने रकम भुक्तानी गर्ने गरिन्छ । विदेशी प्रतिनिधिमण्डल नेपाल भ्रमण आउँदा हुने खर्चसमेत यसमा समेटिन्छ ।

मन्त्रिपरिषद्बाट घोषणा हुने विभिन्न प्रकारका आर्थिक सहायता समेत यसै शीर्षकबाट प्रदान गरिन्छ । भन्सार फिर्ता, कर फिर्ता, भौतिक सुविधा तथा अन्य भइपरी आउने खर्चका लागि समेत अर्थले यसै शीर्षकको बजेट प्रयोग गर्छ ।

विपद्, राहत तथा पुनस्र्थापना, अधुरा आयोजना कार्यान्वयन कार्यक्रम, संघीय संरचना पूर्वाधार विकासका लागि समेत सोही शीर्षकबाट भुक्तानी गरिने अर्थ मन्त्रालयको भनाइ छ ।

गण्डकी आर्थिक त्रिभुज परियोजनामा २ अर्ब

यस वर्ष सरकारले आर्थिक वृद्धिका सम्भावना उजागर गर्ने भन्दै भरतपुर–बुटवल–पोखरा–(मुग्लिङ)–भरतपुरलाई तीन कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनका अनुसार यहाँ निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

यस परियोजनालाई सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो परियोजनालाई सार्वजनिक–निजी–साझेदारीको नमुना परियोजना बनाइने उनले बताए ।

भरतपुर कोणमा पर्यापर्यटन, जलयात्रा र विशिष्टिकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद, पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षा र बुटवल भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधि सम्बन्धी संस्था विकासमा निजी क्षेत्रसँग सहकार्य गरी पूर्वाधार बनाउने उद्देश्य सरकारको छ ।

यो भेगमा निर्माणाधीन सडक परियोजना सम्पन्न हुनासाथ पनि एक प्रकारको आर्थिक विकासको माहोल बन्ने उनको भनाइ छ ।

अर्थ विविधमा राखेको पैसा कहाँ–कहाँ विनियोजन ?

विशिष्ट व्यक्तिको भ्रमण खर्च : १० करोड
प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च : १५ करोड
मुआब्जा : ५ अर्ब ९३ करोड ८३ लाख
आर्थिक सहायता : १० करोड
भन्सार फिर्ता : ३० करोड
भवन खरिद निर्माण र सुधार : ३० करोड
भौतिक सुविधा : ५ अर्ब ३० करोड
महसुल तथा अन्य भुक्तानी : ६२ करोड
भइपरी आउने (साधारण प्रशासन) : २५ अर्ब ९८ करोड
विपद्, राहत तथा पुनर्स्थापना : १९ अर्ब ८ करोड
भइपरी आउने (विकास कार्यक्रम) : ८ अर्ब ३ करोड
संघीय संरचना पूर्वाधार विकास : ३ अर्ब
अधुरा आयोजना कार्यान्वयन कार्यक्रम : ४ अर्ब १५ करोड
गण्डकी आर्थिक त्रिभुज परियोजना : २ अर्ब

Previous Post

धनाढ्य अम्बानीका छोराको बिहेमा ९ दिनको खर्च बार्ह सय साठी करोड

Next Post

तुरुन्तै घामबाट घर आएपछि नुहाउनु कत्तिको उचित हुन्छ ? थाहा पाउनुहोस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

६ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

तुरुन्तै घामबाट घर आएपछि नुहाउनु कत्तिको उचित हुन्छ ? थाहा पाउनुहोस

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In