मंगलबार सुन प्रतितोला १२०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो । त्यसैगरी आज चाँदीको मूल्य ५५ रुपैंयाले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।




Discussion about this post