नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Discussion about this post