HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चाडपर्व नजिकिँदै जाँदा बजारमा व्यापारीले चिनीको मूल्य बढाए

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चाडपर्व नजिकिँदै जाँदा बजारमा व्यापारीले चिनीको मूल्य अचाक्ली बढाएका छन् । दशैं र तिहारजस्ता चाडपर्वमा चिनी बढी खपत हुने गर्छ ।

यसअघि सस्तो मूल्यमा खरिद गरी गोदाममा राखेको चिनी (पुरानो मौज्दात) निकालेर व्यापारीहरूले चर्को मूल्यमा बेच्न थालेका हुन्‌ । एक महिनाअघि बजारमा ९० देखि १०० रुपैयाँ प्रतिकेजी रुपैयाँमा पाइने चिनीको मूल्य बढेर अहिले खुद्रा मूल्य नै १३० रुपैयाँभन्दा बढी पुगेको छ ।कतिपय खुद्रा व्यापारीले चिनीको मूल्य आफूखुसी बढाएर १३० देखि १५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताको गुनासो छ । एक/डेढ महिना अघिसम्म ९५ रुपैयाँदेखि १०० रुपैयाँ पाइने गरेकामा तीज लागेयता चिनीको मूल्य अत्यधिक बढेको घट्टेकुलोकी गीता आचार्यले बताइन् । ‘चाडबाड आउनै लाग्दा चिनीको मूल्य अत्यधिक बढेको छ,’ उनले भनिन, ‘अहिले चिनीको खुद्रा मूल्य डेढ सय रुपैयाँ पुग्न लागिसक्यो ।’

स्वदेशी चिनी उद्योगीहरूले पहिले नै भारतबाट सस्तो मूल्यमा चिनी भित्र्याएर स्टक राख्ने र चाडबाडको मुखमा मूल्य बढाएर बजारमा पठाउँदा उपभोक्तालाई मर्का पर्ने गरेको छ । व्यापारीले बजारमा चिनी अभाव भएको हल्ला फैलाइ कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने गर्छन्‌ ।नेपालमा खपत हुने चिनी स्वदेशी उत्पादनले नपुगेर भारतबाट समेत आयात हुने गरेको छ । चिनी आयातमा सरकारले ५० प्रतिशतसम्म भन्सार छुट दिने गरेको छ । वर्षभर हुने खपतको ६० प्रतिशत चिनी दसैं, तिहार र छठजस्ता पर्वको छेकोमा माग हुन्छ ।

स्वदेशी चिनीबाट बजार माग पूरा हुने गरेको छैन । नेपाल उखु उत्पादक महासंघका अनुसार नेपालमा वार्षिक एक लाख ७० हजार मेट्रिकटन चिनी उत्पादन हुने गरेको छ । तर, चिनीको वार्षिक कारोबार भने दुई लाख ८० हजार मेट्रिक टन हुने गरेको छ । उद्योगीहरूले अपुग हुने एक लाख मेट्रिक टनभन्दा बढी चिनी भारतलगायतका अन्य मुलुकबाट खरिद गर्ने गरेका छन् ।

हाल स्वदेशमा ९ वटा मिलहरूले उखु क्रसिङ गरी चिनी उत्पादन गर्दै आइरहेको महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । उखु किसानले पाउनुपर्ने अनुदान सरकारले समयमै उपलब्ध नगराउँदा र र उखु खरिद गरेका चिनी मिलहरूले पनि भुक्तानी नदिँदा नेपालमा उखुखेती नै घटिरहेको उनले बताए ।‘मिलेमतोमै कालाबजारी’ – उपभोक्ताकर्मी

व्यापारीले चाडपर्व आउनुभन्दा २/३ महिना अघि नै चिनी खरिद गरी ल्याइसकेका हुन्छन् । स्वदेशी चिनी पनि सकिएको भनेर व्यापारीले बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालकी उप–महासचिव कुमारी खरेलले जानकारी दिइन् ।

उनले चिनीको कारोबार नेपालका सातवटा व्यापारीको पञ्जामा रहेको र मिलेमतो हुने गरेको समेत बताइन् । ‘चिनी व्यापार नेपालका सातवटा व्यापारीको पञ्जामा छ,’ उनले भनिन्, ‘उद्योगीहरूले पहिले नै सस्तोमा चिनी खरिद गरी बजारमा दिन्नौं भनिरहेको अवस्था छ । यसमा सरकारी अधिकारीहरू र व्यापारीको मिलेमतो छ ।’ चिनीको मूल्य र कालोबजारप्रति सम्वन्धित निकायमा ध्यानाकर्षण समेत गराइसकिएको उनले बताइन् ।

चिनीको कालोबजारी गर्ने व्यापारीसँग सरकारको निकटता र मिलेमतोकै कारण मूल्य बढ्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘सरकारको अकर्मण्यता, अदूरदर्शीता र कालोबजारी गर्ने व्यापारीसँगको मिलेमतोकै कारण चिनीको मूल्य बढेको हो,’ उनले भने, ‘स्वदेशी चिनी पनि छैन भनेर व्यापारीले लुकाएर राखेका छन् ।’ चिनीको बजार मूल्यमै हस्तक्षेप गर्ने गरी शून्य भन्सारमै चिनी ल्याउनुपर्ने माग गरे पनि सरकारले त्यसो नगरेको उनको भनाइ छ ।

‘हामीले साँच्चीकै बजार मूल्यमै हस्तक्षेप गर्नुपर्छ भनेर शून्य भन्सारमा चिनी ल्याउने व्यवस्था गर्न सरकारलाई भन्यौं । तर, ल्याउन दिइन्,’ उनले भने, ‘त्यसो गरेको भए उपभोक्ताले प्रतिकेजी ९५ देखि १०० रुपैयाँसम्म प्रतिकेजीका दरले चिनी पाउने थिए ।’

भारतमा अहिले पनि चिनीको मूल्य ४० देखि ४२ भारतीय रुपैयाँ (भारु) पर्छ । त्यसआधारमा भन्सार दर र नाफासमेत राख्दा पनि अहिले बजारमा ९० देखि १०० रुपैयाँसम्ममा खुद्रा मूल्यमा चिनी पाइनुपर्ने हो । तर, व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा उपभोक्ता भने मर्कामा परेका छन ।

नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै व्यापारीले चामल भनेर लुकाइछिपाइ गरी चिनी भित्र्याउने गरेको समेत महर्जनले बताए । व्यापारीले सस्तो मूल्यमा भित्र्याएको उक्त चिनी चाडपर्वका बेला मूल्य बढाएर बेच्ने गरेको उनी बताउँछन् ।विभाग भन्छ – ‘अभाव हुँदैन, संयुक्त अनुगमन गर्छौं’

चाडपर्वमा मौका छोपी व्यापारीले चिनीको मूल्य बढाएर बेचे पनि नियमनकारी सरकारी निकायले हस्तक्षेप गर्ने गरेको छैन । बजारमा उचित मूल्य र गुणस्तर कायम गर्ने, नियमन गर्ने सरकारी संयन्त्र नै चुस्त हुन नसकेको हो ।

आम उपभोक्तालाई थप व्ययभार पर्ने गरी भएको मूल्यवृद्धि र कालोबजारी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउँछ ।

तर, विभागको अनुगमन पनि कर्मकाण्डी हुँदा बजारमा मूल्यवृद्धिमाथिको हस्तक्षेप हुन सकेको छैन् । उपभोक्ताबाट चिनीको मूल्य बढेको र कालोबजारी समेत हुने गरेको गुनासो आएको विभागका निर्देशक आनन्दराज पोखरेलले बताए ।

‘विभागले नियमति र दैनिक रूपमा गर्नुपर्ने बजार अनुगमन गरिरहेकै छ,’ उनले भने, ‘चिनीको मूल्य अत्यधिक बढेको र कालोबजारी समेत हुने गरेको गुनासो उपभोक्ताबाट आएको छ । त्यसउपर विभागले संयुक्त अनुगमन समेत गर्दैछ ।’

उनका अनुसार चिनीको मूल्य केही बढे पनि चाडबाडमा अभाव भने हुने छैन । चाडपर्वका लागि लक्षित गरेर आगामी असोज १ देखि अन्य निकायसँगको समन्वयनमा संयुक्त अनुगमन गर्ने योजना बनाइएको पोखरेलले बताए ।

उनका अनुसार अपुग हुने चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीलगायतका सरकारी संस्थानले भारतबाट खरिद गरी ल्याउने गरेका छन् ।

‘अहिले हाम्रै संस्थानका कर्मचारीले पनि भारतबाट चिनी ल्याउँदा १०५ देखि १०७ रुपैयाँ प्रतिकेजी पर्ने गरेको बताउनुभएको छ । तर, खुद्रा व्यापारीसम्म पुग्दा १३० रुपैयाँ पुगेको देखिन्छ । चाडपर्वलक्षित गरेर खुलाइएको कोटाको १९ हजार मेट्रिक टन चिनी आउने प्रक्रियामा छ ।’

थप ३० हजार मेट्रिक टन चिनी ल्याइँदै

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भदौ २५ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वका लागि ३० हजार मेट्रिक टन चिनी भन्सार महसुल १५ प्रतिशत मात्र लाग्ने गरी आयात गर्न अनुमति दिने निर्णय गरेको छ । तर, आधिकारिक निर्देशन भने मन्त्रालयमा पुगेको छैन ।

१५/१५ हजार मेट्रिकका दरले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य कम्पनीलाई सोही भन्सार महसुलमा चिनी आयात गर्न अनुमति दिने निर्णय भइसकेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले बताए ।

उनका अनुसार, यसअघि नै मञ्चले चाडपर्वका बेला उपभोक्ताालई सहुलियत दिने गरी शून्य भन्सार महसुलमा चिनी आयात गर्न माग गर्दै आएको थियो ।

मञ्चले ज्ञापनपत्रमार्फत नै यसअघि ३० हजार मेट्रिक टन चिनी शून्य भन्सार महसुलमा आयात गरेर उपभोक्तालाई राहत प्रदान गर्न माग गरेको महर्जनले बताए । हाल चिनी आयातमा सरकारले ४० प्रतिशत भन्सार महसुल लगाउँदै आएको छ ।

Previous Post

के कारणले गर्दा हुन्छ कम उमेरमै छालामा चाउरीपना ? जान्नुहोस

Next Post

श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरे -जनमत पार्टीका अध्यक्ष सिके राउत

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post
OLYMPUS DIGITAL CAMERA

श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरे -जनमत पार्टीका अध्यक्ष सिके राउत

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.