नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ५२ हजार १ सय निर्धारण भएको छ ।यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७सय ५० रुपैयाँ निर्धारण भएको छ ।



Discussion about this post