नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो । यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।



Discussion about this post