HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एउटै ठाउँमा लामो समय कुर्सिमा बस्दा मुटुसम्बन्धी रोगको खतरा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कार्यालयमा होस् वा सवारीसाधनमा अथवा घरमा. धेरै मानिस दैनिक रूपमा एकै ठाउँमा लामो समय बसिरहने गर्छन्।

काठमाडौं–कार्यालयमा होस् वा सवारीसाधनमा अथवा घरमा. धेरै मानिस दैनिक रूपमा एकै ठाउँमा लामो समय बसिरहने गर्छन्।

यसरी गतिहीन भएर एकै ठाउँ लामो समय बसिरहँदा त्यसले मुटु र मधुमेहसम्बन्धी गम्भीर स्वास्थ्य समस्याहरूको खतरा बढाउन सक्छ।

सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो।जनसाङ्ख्यिक हिसाबले उमेर, लिङ्ग र आयको आधारमा काम गर्ने दुई वटा समूह ब्रिटेनमा समान हुन् तर यस्तो उल्लेख्य फरक किन?मोरिसको जबाफ छ: बस कन्डक्टरले दुई तले बसमा भर्‍याङ पनि चढ्नुपर्थ्यो र टिकट बेच्दा उभिनु पर्थ्यो तर बस चालक भने लामो समयसम्म सीटमा बसिनै रहन्थे।

उनको ऐतिहासिक अध्ययनले शारीरिक गतिविधि र मुटुको स्वास्थ्यबीचको सम्बन्धबारे प्रारम्भिक अध्ययन गरेको थियो।

अहिले लन्डनमा बसमा कन्डक्टर हुने भन्ने विगतको कुरा भए पनि मोरिसको परिणाम विगतमा कहिल्यै नभएको तहमा सान्दर्भिक भएको छ।

कोभिड-१९ महामारीयता घरबाटै काम गर्ने विषयमा ठूलो परिवर्तन आएको छ र यो बढ्दो क्रममा हुँदा हाम्रो एकै ठाउँमा बसिरहने समय बढाउने देखिन्छ।

लामो समय एकै ठाउँमा बस्दा (सेडेन्टरी बिहेभिअर) मानिसले बसिरहने कारणले ऊर्जा कम खर्च गर्छ र मुन्टो निहुराएर बस्छ।

आमरूपमा टीभी हेर्नु, गेम खेल्नु, सवारी चलाउनु र कुर्सीमा बसेर काम गर्नुजस्ता कुराहरू त्यसमा पर्छन्।

एकै ठाउँमा धेरैबेर बसिरहनु मुटु रोग र टाइप २ डायबिटिज तथा अल्पायुमै मृत्यु जस्ता समस्यासँग जोडिएको हुन्छ। सन् २०२० मा विश्व स्वास्थ्य सङ्गठनले यस्तो व्यवहार कम गर्न उपायहरू सुझाएको थियो।

सन् २०१० यता अनुसन्धानकर्ताहरूले शारीरिक गतिविधिको कमी र एकै ठाउँमा लामो समय बस्नु भन्नेे फरक हो भनेर छुट्टाउन खोज्दै आएका छन्।

तपाईँले दैनिक पर्याप्त व्यायाम गरेर पनि लामो समय बस्न सक्नुहुन्छ। यद्यपि लामो समय एकै ठाउँमा बसिरहनेको खतरा व्यायाम पर्याप्त नगर्नेहरूमा उच्च हुन्छ।

नचलमलाइ एउटै ठाउँमा लामो समय बस्दा त्यसले मुटुसम्बन्धी रोगको खतरा किन बढाउँछ?

प्रारम्भिक अनुमान के हो भने खास गरी खुट्टामा रक्त प्रवाह कम गरिदिँदा त्यसले काम नगर्ने खतरा बढाइदिन्छ।

अस्ट्रेलियाको मेलबर्नस्थित डीकिन युनिभर्सिटको फिजिकल एक्टिभिटी एन्ड न्युट्रिसनका फिजियोलोजिस्ट डेभिड डन्स्टनले लामो समय बसिरहनु र त्यसको असरबारे बृहत् अध्ययन गरेका छन्।

“मांसपेशीको गतिविधिमा कमी ल्याउनुले बसाइको विशेषता देखाउँछ,” डन्स्टनले भने। “म यदि कुर्सीमा छु भने कुर्सीले नै सबै जिम्मेवारी लिइरहेको हुन्छ।”

मांसपेशी कम चल्नु, कम मेटाबोलिक माग र गुरुत्त्वाकर्षण कम हुँदा त्यसले खुट्टाको मांसपेशीमा कम रक्तसञ्चार गर्छ र त्यसले पिँडुलामा रगत जम्छ। खुट्टा दोबारेर बस्दा पनि त्यसले रक्त प्रवाह कम गर्न सक्छ।

खुट्टाको मांसपेशीमा गतिविधि कम हुनुले ‘मेटाबोलिक डिमान्ड’ घटाइदिन्छ।

रक्त प्रवाहको प्रारम्भिक निर्धारक भनेको मेटाबोलिक डिमान्ड हो। त्यसैले खुट्टामा रक्त प्रवाह कम हुन्छ।

त्यसैले खुट्टा दोबारेर बस्दा त्यसले पिँडुलामा रगत जम्छ – २१ युवा स्वयंसेवकबीच गरिएको अध्ययनले दुई घन्टामा उनीहरूको पिँडुला करिब एक सेन्टिमिटरले बढ्यो। यसले पनि रक्त प्रवाह कम गर्न सक्छ।

अनुसन्धानकर्ताहरूका अनुसार १२०-१८० मिनेटसम्म लगातार बसिरहनुलाई लामो समयमा बसेको मान्नुपर्छ। तर बस्ने अवधि बढ्दा त्यसले रक्त प्रवाह नहुने सम्भावना बढ्छ।

चिल्लो खानेकुरा धेरै खाएर लामो समय बस्नु सबैभन्दा हानीकारक हुने ठानिन्छ।

मांसपेशीय कङ्काल प्रणाली (मस्कुलर स्केलेटल प्रणाली) पनि प्रभावित हुन सक्छ।

लामो समय बस्दा त्यसले मांसपेशी कमजोर बनाउँछ, हड्डीको घनत्व कम गराउँछ र तन्तुहरूमा बोसो बढाउँछ।

साथै, लामो समय एउटै ठाउँमा बस्दा त्यसले शारीरिक असहजपना, काममा तनाव, उच्च डिप्रेसनका लागि पनि कारक बन्न सक्छ।

टाइप टु डायबिटिजमा अनुसन्धान गरेका डन्स्टनले बसिरहने कार्य खानापछि बढ्ने र त्यसले रगतमा ग्लुकोज र इन्सुलिन बढाउने कुरा उल्लेख गरेका छन्।

यी सम्भावित र थाहा भएका परिणामहरू भए पनि हामी किन लामो समय बस्छौँ – के हामी यो बानी परिवर्तन गर्न सक्छौँ?

“मलाई लाग्छ मानिसहरू थप गतिहीन भइरहेका छन् किनभने समाजले यसैलाई प्रोत्साहित गरिरहेको छ,” युनिभर्सिटी अफ सरेका सामाजिक मनोवैज्ञानिक बेन्जमिन गार्डनरले भने। उनले मानिसहरू किन लामो समय एकै ठाउँमा बस्छन् भनेर अनुसन्धान गर्दै आएका छन्।

“कसैले जानाजान यसो गर्न दबाव दिइरहेका होइनन्। यसो गर्दा बढी काम सक्न सजिलो भएको हो र हामीले आफ्नो काम गर्न खासै धेरै यताउता चल्नु पनि पर्दैन।”

सन् २०१८ मा, गार्डनर र उनका सहकर्मीहरूले बैठकहरू गर्दा उभिने कुराले अनौठो खालको सामाजिक कठिनाइ ल्याएको थियो।

“हामीले मानिसहरूलाई तीन वटा फरक बैठकहरूमा उभिन प्रेरित गर्‍यौँ, र उनीहरूको बैठक सकिएपछि प्रत्येक पटक अन्तर्वार्ता गर्‍यौँ र परिणामहरू चाखलाग्दा थिए,” गार्डनरले भने।

“एउटा औपचारिक बैठकमा, उभिनु उपयुक्त नहुने महसुस गरियो।”

अन्य हस्तक्षेपहरूमा उचाइ मिलाइएको कार्यस्थल, बस्ने कुर्सी, ट्रेडमिल जस्ता रक्तसञ्चारलाई बढाउने कुराहरू पर्छन्।

बसिरहेको ठाउँबाट बेला बेला उठ्ने, हल्का हिँड्ने वा भर्‍याङका केही खुड्किला उक्लिँदा पनि फाइदा पुग्ने देखिएको छ।

हामीलाई लामो समय नबस्नको लागि प्रविधिले पनि झक्झकाउन सक्छ।

एउटा नयाँ अध्ययनमा, एसिलिरोमिटर्स नामक शरीरमा लगाउने उपकरणले हाम्रो हिँडाइ, उभ्याइ, सुताइ र व्यायामको २४ घन्टे डेटा राख्छ। डन्स्टानले यसले उभिने समय र लामो समय बसिरहेकोबारे जनाउ दिने बताए।

यद्यपि, प्रविधिको प्रयोग यसको असर बिना हुँदैन। केही मानिसलाई यसले दिक्क बनाएको वा असंवेदनशील बनाएको हुनसक्छ।गार्डनर र सहकर्मीहरूले बस्नु र उभिने तरिका बारम्बार परिवर्तन गरिरहन प्रेरित गर्छन्। गतिहीन हुने हाम्रो दायरा तोड्ने सामान्य तरिका भनेको उभिनु हो। कम गतिविधि गर्ने व्यक्तिका लागि खास गरी यसले स्वास्थ्यमा महत्त्वपूर्ण फाइदा पुग्छ। ह्वीलचेयर प्रयोग गर्ने वा चलायमान कम हुनेहरूका लागि भने विशेष किसिमको व्यायामहरू फाइदाकारी हुनसक्छ।

धेरैका लागि चलायमान नभई कुर्सीमा लामो समय बस्नु आधुनिक काम र जीवनमा टार्नै नसक्ने जस्तो लाग्न सक्छ।

तर तपाईँको दिनदिनै चिया बनाउनकै लागि उभिने, जिउ तन्काउने जस्ता ल्याउने सानै परिवर्तनले पनि बसिरहने बानीमा परिवर्तन गराउन सक्छ।

Previous Post

तेजपत्ताले हाम्राे खानालाई स्वादिलाे बनाउने मात्र नभई सास तथा छालासम्बन्धी समस्या समाधान गर्छ

Next Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.