हामीले खाना स्वादिलाे बनाउन तेजपत्ता प्रयाेग गर्ने गरेका छाैँ । तेजपात खाना मीठो बनाउन मात्र प्रयोग गरिँदैन । तर के तपाँईहरूलाई थाहा छ तेजपत्ताले हाम्राे खानालाई स्वादिलाे बनाउने मात्र नभई शरिरलाइ स्वास्थ्य राख्ने काम पनि गर्दछ। यसका थुप्रै स्वास्थसम्बन्धी फाइदा पनि छन् जुन कुरा आयुर्वेदमा उल्लेख गरिएको छ । तेजपात तनाव हटाउनका लागि प्रयोग गरिन्छ, यसको धूवाँबाट तनाव भगाउन सकिन्छ । राती सुत्नुअघि कोठामा तेजपातको धूवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुन्छन् ।
यसबाट अरू पनि थुप्रै फाइदा मिल्छन् तर धूवाँ कसरी फैलाउने भन्ने कुराको जानकारी भने हुनु आवश्यक छ अन्यथा बढी धूवाँका कारण नकारात्मक असर पनि पर्नसक्छ । अझ भन्ने हाे भने जाडो महिनामा तेजपातको चिया पिउँदा अनेकौं रोगबाट मुक्ति पाइन्छ।
तेजपत्तामा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्त्वहरू पाइने भएकाले आयुर्वेदले त यसलाई औषधि नै मानेको छ।
तेजपातको धूवाँले अरोमाको काम गर्छ । यसका थुप्रै फाइदा छन् । यसको विषयमा रुसका एक वैज्ञानिकले अध्ययन गरेका थिए र नतिजास्वरूप के पाए भने यसले मानिसको तनाव कम गर्नसक्छ । त्यति बेलादेखि तेजपातलाई अरोमा थेरापीका लागि प्रयोग गर्न थालियो । यसका साथै यो छाला तथा श्वासप्रश्वाससम्बन्धी समस्यालाई ठीक पार्न पनि सहयोगी सिद्ध हुने गर्छ ।
तेजपातलाई प्राचीन समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आइएको छ । घरलाई सुगन्धित बनाउन रुम फ्रेसनर तथा महँगा अत्तरको सट्टा तेजपातको प्रयोग गर्नु राम्रो हुन्छ । तेजपातले रुम फ्रेसनरको काम गर्नुका साथै वातावरणमा रहेका ब्याक्टेरियालाई समेत मार्छ ।
जानी राखाैँ तेजपत्ताका फाइदाहरू
तौल घटाउन
तपाईंलाई तौल घटाउनुछ भने तेजपातको चिया पिउन सक्नुहुन्छ। यसले तपाईंको शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो डढाउन सहायता गर्छ।
थकाइ हटाउन मद्दत गर्छ
तेजपातको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ ।
मुटु जोगाउन
तेजपातमा भएको पोषक तत्त्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ। रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन।
मधुमेह रोगीलाई लाभदायक
तेजपातको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ। यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ।
छारेरोगमा उपयोगी
तेजपात एन्टीइन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको धूवाँमा बस्नु राम्रो मानिन्छ । यसको धूवाँमा छारे रोगलाई जरैदेखि निर्मूल पार्ने गुण हुन्छ ।
संक्रमणबाट बचाउन
तेजपातमा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन। यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ।
छालाका लागि लाभदायक
तेजपातको तेलमा मिनरल्स, भिटामिन्स तथा एन्टिअक्सिडेन्ट पाइनछ । त्यसकारण यो तेल मानिसको छालाका लागि अत्यावश्यक मानिन्छ । यसलाई लगाउनाले छाला कोमल, सफा एवं कीटाणुरहित बन्छ ।
साङ्ला हटाउन प्रभावकारी
तेजपात साङ्ला भगाउनका लागि समेत प्रभावकारी हुन्छ । तेजपातलाई बालेर कोठामा राखिदिँदा साङ्लाहरू भाग्छन् । साङ्ला मार्न वा भगाउन अपनाइने अन्य रासायनिक उपायभन्दा यो प्रभावकारी एवं स्वस्थ हुन्छ ।







Discussion about this post