सेयर कारोबार मापक नेप्से परिसूचक १०८.३५ अंकले बढेको छ । मंगलबार १४८.०४ अंकले घटेको नेप्से बुधबार ४ प्रतिशतले बढेको हो । आज नेप्से परिसूचक २७५९.६७ विन्दुमा सीमित भएको हो ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३ कम्पनीको मात्रै मूल्य घट्यो । आज ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भयो । मंगलबारकाे तुलनामा काराेबार रकम घट्याे । मंगलबार २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो भने आज १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।






Discussion about this post