स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ।सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय कारोबार भइरहेको छ।
यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ।



Discussion about this post