HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

३५ रूपैयाँको गोलभेँडा पुग्यो १ सय २०

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अर्थ
0
SKU 94709
Lycopersicum 'Gurney Girl'
SKU 15121




SKU 1165

SKU 94709 Lycopersicum 'Gurney Girl' SKU 15121 SKU 1165

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बजारमा गोलभेँडाको मूल्य बढ्न थालेको छ।

असारको पहिलो साता उपभोक्ताले प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा पाइरहेको गोलभेँडा अहिले एक सय रूपैयाँ माथि पुगेको सामाखुसीस्थित रानीबारी तरकारी बजारका व्यापारी सुनमाया श्रेष्ठले जानकारी दिइन्।

‘खै उत्पादन नै छैन भन्छन्। हामीलाई ल्याउनै महँगो भएपछि महँगै बेच्न परिगो नि,’ उनले भनिन्।

हाल बजारमा गोलभेँडाको थोक मूल्य प्रतिक्रेट १३ सय देखि १६ सय रूपैयाँसम्म पुगेको कालीमाटी तरकारी बजारस्थित बागमती कृषि सप्लायर्सका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।उनी गोलभेँडाको होलसेल व्यवसायी हुन्।

अहिले बजारमा गोलभेँडाको आपूर्ति घटेका कारण मूल्य बढेको उनको भनाइ छ।

‘यसरी ह्वात्तै बढेको धेरै भएको छैन। एक साता भयो,’ उनले भने।

पछिल्लो समय बजारमा गोलभेँडा पठाउन नसकेको गोदावरीस्थित एनएस ग्रुप अफ कम्पनीका सञ्चालक रेशमराज आचार्यले बताए।गोलभेँडा उत्पादन हुँदा मूल्य पाइएन। मूल्य पाउँदा उत्पादन छैन,’ उनले भने।

१० दिन अघिसम्म उनले गोलभेँडा दैनिकजसो बजार पठाइरहेका थिए। अहिले भने सातामा गोलभेँडा पठाउन पनि गाह्रो भएको उनको भनाइ छ।

‘१० दिन अघिसम्म हामीले दैनिक ८/१० क्रेट गोलभेँडा पठाइरहेका थियौं, उनले भने, ‘अहिले दुई/तीन क्रेट पठाउन पनि सकिरहेको छैन।’

उनका अनुसार अहिले किसानले गोलभेँडा प्रतिक्रेट १४ सय देखि १६ सय रूपैयाँसम्ममा पाइरहेका छन्। यसअघि प्रतिक्रेट दुई सयदेखि पाँच सय रूपैयाँमा पाएका थिए।
खडेरीका कारण सबैतिरका गोलभेँडा एकैपटक बजारमा आउँदा मूल्य सस्तिएको थियो।

अहिले चितवनको गोलभेँडा निखारिँदै गएको छ भने बर्खाका कारण खुला क्षेत्रमा लगाइएको गोलभेँडा उत्पादन हुन सकेको छैन। बजारमा टनेलमा लगाइएको गोलभेँडा मात्रै आएकाले उत्पादन कम भई मूल्य बढेको रेशम बताउँछन्।

‘अहिले उत्पादन कम छ। भारतबाट पनि आएको छैन,’ उनले भने, ‘त्यसैले मूल्य बढेको हो।’

यो समयमा गोलभेँडाको मूल्य गत वर्षहरूमा पनि बढ्ने गरेको उनको अनुभव छ।

‘बर्खामा लागेपछि उत्पादन हुँदैन, त्यसैले गोलभेँडाको मूल्य बढ्छ नै,’ उनले भने।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि गोलभेँडाको मूल्य बढेको देखाएको छ।

तथ्यांक अनुसार मंगलबार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो एक सयदेखि एक सय २० रूपैयाँ छ।

त्यस्तै, सानो लोकल गोलभेँडा ४० रूपैयाँदेखि ५० रूपैयाँ छ भने सानो टनेल गोलभेँडाको मूल्य प्रतिकिलो ५५ रूपैयाँदेखि ७० रूपैयाँ छ।

तथ्यांक हेर्दा असार १ गते नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४० रूपैयाँदेखि ५० रूपैयाँ थियो।

भारतीय ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६० रूपैयाँदेखि ७० रूपैयाँ, थियो भने सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो १५ रूपैयाँदेखि २० रूपैयाँ थियो। त्यस्तै, सानो टनेल गोलभेँडाको थोक मूल्य प्रतिकिले २२ रूपैयाँदेखि २८ रूपैयाँ थियो।

त्यसबीचका दिनहरूमा गोलभेँडाको मूल्य प्रतिकिलो पाँच/दश रूपैयाँले घटबढ हुँदै विस्तारै महँगिएको देखिएको छ।

समितिको तथ्यांकले पनि असार ५ गतेदेखि २२ गतेसम्म भारतीय गोलभेँडा आयात नभएको देखाउँछ। आइतबार भने भारतीय गोलभेँडा आयात भएको छ। तर सोमबार अर्थात् आज पनि भारतीय गोलभेँडा आयात भएको छैन।

आगामी दिनमा भारतीय गोलभेँडा आयात भएर मूल्य घट्ने सम्भावना कम रहेको रेशम बताउँछन्।

‘अहिले एक/दुई दिन मात्रै हो आयात हुने। भारतमा पनि पानीले उत्पादनमा धेरै असर गरेको छ,’ उनले भने, ‘बरू हाम्रो टनेलको गोलभेँडा निस्कन थालेपछि मूल्य घट्न पनि सक्छ। आवश्यकता परे निर्यातै पनि गर्न सक्छौं।’

गत साउनमा भारतमा खराब मौसम तथा रोगकीराका कारण गोलभेँडाको उत्पादन खस्किँदा मूल्य बढ्न थालेपछि नेपालबाट निर्यात भएको थियो।
काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउँछ।

Previous Post

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २३ गतेदेखी २९ गते सम्म , हेर्नुहोस : साप्ताहिक राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार २३ गतेदेखी २९ गते सम्म , हेर्नुहोस : साप्ताहिक राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.