HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन होरु यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।
ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।

ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।अध्ययनका निष्कर्षहरू
अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए।

अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए।

झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।

महिला र पुरुषको समान चाहना

पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो।
झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ।

पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए।

सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्।

‘प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।’

अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, ूहाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।

‘यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौनसम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौनिक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ।’

उनले विद्यालयमा दिइने यौनशिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौनसम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन्।

उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।

Previous Post

घट्यो सुनको मुल्य

Next Post

३५ रूपैयाँको गोलभेँडा पुग्यो १ सय २०

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
SKU 94709
Lycopersicum 'Gurney Girl'
SKU 15121




SKU 1165

३५ रूपैयाँको गोलभेँडा पुग्यो १ सय २०

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.