HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गाउँघरमै हराउन थाले ओखल, जाँतो र पानी घट्ट

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अवर्गीकृत, गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

डेढ दशक अगाडि जुम्लाका आठ वटै स्थानीय तहका प्रत्येक गाउँमा पुग्दा पिँढी (ओटालो) को एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ओखल काठको मुसल र ढुंगाको दुनेडी भेटिन्थे। स्थानीयले त्यहीँ ढिकी जाँतोमा कुटानी पिसानी गर्थेँ,ओखलमा धान, मकै,जौ ,गहुँ,कोदो,फापर स्थानीय रैथाने उत्पादित बाली र तेलन बाली फल्ने र दुनेडीमा ढटेलो,फर्सी,ओखर,भाङ्गो,आरु तोरी लगायतका तेल पेलिन्थ्यो। उतिबेला अहिलेको जस्तो ठाउँ-ठाउँमा मिल थिएनन्।

जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई(तीनवटा मिल सञ्चालन गर्न थाले। मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका जाँतो,ओखल र दुनेडीको महत्त्व हराउँदै गयो। अहिले गाउँको कुनै पनि कुनामा ढुंगाको जाँतो,ओखल,मुसल र दुनेडी भेट्टाउन सकिन्न। बरु प्रत्येक गाउँ (गाउँमा विद्युतीय मिल भेटिन थालेका छन्। विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ओखल र मुसलको प्रयोग गर्ने गर्थे। भने तेल पेल्न ढुङ्गाको दुनेडी प्रयोग गर्थे। जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। जुम्लाका गाउँ(गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि जाँतोको प्रयोग सँगै परम्परागत प्रविधि घट्दै जानुका साथै लोप हुँदै गएका छन्।
कुनै समय गाउँमा कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढुंगाको जाँतो स्थानीय उत्पादित बाली फल्ने ओखल,मुसल र तेल पेल्ने दुनेडी अहिलेका पुस्ताले चिन्नै छोडिसकेको छन्। त्यो बेला खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मक रूपमा कुँदेर जाँतो बनाउँथे,भने काठ खोपेर गोलाकार बनाई ओखल बनाइन्थ्यो,टुप्पोमा फलामको काँज लगाई काठको मुसल बनाइन्थ्यो।भने ठुलो चिप्लो ढुंगा कुँदेर दुनेडी बनाइन्थ्यो।जाँतोको विकासपछि विस्तारै पानीघट्ट प्रयोगमा आयो

अहिले यी सामाग्री कलात्मक रूपमा बनाउने मिस्त्री पनि भेटिदैनन्। पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गरिन्थ्यो। अहिले यो प्रचलन हराइसकेको छ।यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ। अहिले यताकता पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन्। नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति यहाँ बूढापाका दुःख व्यक्त गर्छन्।

नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरुले बनाएका जाँतो,दुनेडी र ओखल हराउँदै गएको जुम्लाको भन्दननाथ नगरपालिका-८का स्थानीय काली बहादुर रोकाया बताउँछन्। मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनको भनाइ छ। ‘पहिले-पहिले घट्ट, जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो,अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन, मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रैछ, अहिले त खादाखाँदै बानी पर्यो, पहिले मिलमा पिसेको आटो र चामल खासै मीठो लाग्दैनथ्यो, सजिलो मात्रै खोजेर हुँदैन रैछ, यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नुपर्छ,’उनले भने।

Previous Post

नेपालगन्ज देखि काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो

Next Post

किन दुख्छ ढाड, दुख्न नदिन के गर्ने ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अवर्गीकृत

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी...

Read more

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

६ महिना अगाडि
1.2k

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

६ महिना अगाडि
1.2k

अब युवालाई महिनाको २ हजार बेरोजगार भत्ता

६ महिना अगाडि
1.2k

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k
Next Post

किन दुख्छ ढाड, दुख्न नदिन के गर्ने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.