HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

किन दुख्छ ढाड, दुख्न नदिन के गर्ने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ढाड दुख्ने सामान्य कारणहरुमा लड्नु, सडक दुर्घटना, कारखानामा दुर्घटना, चोटपटक र खेलकुदबाट हुने चोटहरु हुन्। शरीरको गलत आसन वा दुर्घटनाजन्य चोटहरु सँगै दैनिक जीवनको तनावहरु र व्यायामको कमीले पनि ढाड दुख्ने समस्या हुन सक्छ। यस्तोल ३० देखि ४० वर्ष उमेर समूहकामा जनसंख्याको ८० प्रतिशतलाई हुने गरेको अध्ययनले देखाएका छन्। जुन सामान्य उपचार वा समयक्रममा आफैं निको हुन्छन्।

मांशपेशी वा स्नायुहरुमा आउने सामान्य असहजताले प्रायको ढाड दुखे हुन्छ । त्यसैले धेरै बिरामी उपचार बिना नै निको हुन्छन्। तर ढाड दुखाइलाई सामान्य रुपमा भने लिनुहुँदैन। कुनै दुखाइले भविष्यमा थप समस्या सिर्जना गर्ने पनि हुन सक्छन्।

गम्भीर प्रकृतिको ढाड दुखाइका लक्षण

ढाड दुखाइ कहिलेकाहिँ गम्भीर बन्न सक्छ। त्यसैले अवस्था नबिग्रिदै उपचारका लागि जानुपर्छ। निम्न लक्षण देखिएमा ढाड दुखाइलाई नजरअन्दाज गर्नुहुँदैन।

– दुखाई कम नभएमा वा झन् बढेर गएमा
– दुखाई नितम्बसम्म, तिघ्रासम्म वा तल पैतालासम्म सर्दै गएमा
– ज्वरो वा अन्य लक्षणहरु देखिएमा
– पखाला लागेमा वा पेट खराब भएमा,
– अंगहरुमा नियन्त्रण हराएमा
– कमजोरी महशुस भएमा
– समवेदनामा कमी वा खुट्टामा लट्ठिएमा ढाड दुखाइलाई घटाउने घरेलु विधि
ढाडका बिरामीले उपचारपछि भनिएअनुसार घरमा आराम गर्नुपर्छ र तोकिएको औषधि लिनु पर्छ।
– यदि चोटका कारण ढा८ दुखेको भने पहिलो १-२ दिन ओच्छ्यानमा आराम गर्नुहोस्। मांशपेशीलाई सहज बनाउनका लागि तातो प्याक लगाउन सकिन्छ।
– आराम गर्दा जति उत्तानो परेर सुत्नुहोस्।
– बस्दाखेरि ढाडलाई सहारा आवश्यक हुन्छ ।
– भारी उचाल्ने, घोप्टिएर काम गरने वा गाडी चलाउने काम नगर्नुहोस् ।

पुनः चोट बल्झिन नदिन तपाईंको क्रियाकलापको मात्रालाई क्रमिक रुपमा बढाउँदै लैजानुहोस्। पूरा निको हुन समसय लाग्न सक्छ । आवश्यक परे फिजियोथेरापीको सहयोग लिनुहोस्।

ढाड दुख्न नदिन के गर्ने ?
– सिधा उभिनुहोस्। कुमलाई कम्मर बराबर बनाउनुहोस् । भुँडी बढ्न नदिनुहोस्। महिलाले ठूलो हिल भएको चप्पलको प्रयोग कम गर्नुहोस्। त्यस्ता जुत्ता लगाउँदा उनीहरुको शरीर अघिल्तिर ढल्किन्छ र यसले ढाडलाई पछाडि ढल्किन बाध्य बनाउँछ र सन्तुलनका लागि ढाड कुप्रो पार्नुपर्ने हुन सक्छ।

– बसेको बेला तपाईंको खुट्टा भुइँमा भएको अवस्थामा आफ्नो ढाड सिधा राख्नुहोस् । लको खुट्टा प्राकृतिक रुपमा र ठाडो हुनुपर्छ र नितम्बले कुर्सिको पछाडी खोएको हुनुपर्छ। यदि कुर्सीले तपाईंको तलको ढाडको घुमेको भागलाई छुदैन भने एउटा सानो चकटी ढाडको पछाडि लगाउनुहोस्। धेरै समय बस्ने कुर्सी धेरै नरम वा धेरै कडा र धेरै अग्लो हुनुहुँदैन।

– लामो समय उपरखुट्टी पारेर नबस्नुहोस्। लामो बाटो ड्राइभिङ गर्दा ठाउँ- ठाउँमा रोकेर रेस्ट गर्नुहोस्। यताउति टहलिनुहोस्। तपाईंको ओछ्यान धेरै नरम होइन, अलकति कडा हुनुपर्छ, तपाईंको ढाडलाई थाम्न सक्ने हुनुपर्छ। दुई इन्चको मोटो डसना प्रयोग गर्नुहोस् र त्यसको मुनि प्लाइवुडको पाता राख्नुहोस्। सिरानी साह्रै मोटो हुनुहुँदै । कुम जति अग्लो सिरानी ठिक्क मानिन्छ।

– ओछ्यानमा सुत्नुपहिले ओछ्यानको छेउमा बस्नुहोस र विस्तारै ढल्किनुहोस् । ओछ्यानबाट उठ्दा पहिले जिउलाई घुमाउनुहोस र खुट्टालाई भुइँमा राख्नुहोस्। त्यसपछि तपाईंको हातको सहायताले जिउलाई माथि उठाउनुहोस्।

– ढाड बंग्याउँदा मेरुदण्डमा दबाब पर्छ र यो गर्नु हुँदैन । सधैं घुँडाको सहायताले निहुरिनुहोस् र बरु टुक्रुक्क बस्नुहोस्। दैनिक क्रियाकलापहरुमा सजिलोको लागि स्टुल अथवा उचित कुर्सिहरुको प्रयोग गर्नुहोस्।

– घोप्टो आसन पछि, ढाड तन्काउने र आराम दिने खालका व्यायामहरुले मेरुदण्डको प्राकृतिक अवस्थालाई कायम राख्न मद्दत गर्छ।

– भारी वस्तु उचाल्ने क्रममा ख्याल गर्नुहोस्। खुट्टा र कुमको मांशपेशीको बलले मात्र काम गर्नुहोस्।

– लामो समयसम्म एकै ठाउँमा नबस्नुहोस्। केही समय उठेर यताउति गरेर फेरि आसनमा जानुहोस् ।

– व्यायामले मांशपेशीलाई ताकत दिन्छ र मेरुदण्डमा आउने ह्रासको गतिलाई कम गरिदिन्छ। ढाड दुख्न नदिने व्यायामअघि जिउ तताउने (वार्म अप ) व्यायाम गर्नुहोस्।

– शारीरिक क्रियाकलापहरु जस्तै पौडी, साइकल कुदाउने र हिड्ने कार्य व्यवस्थित र असल व्यायाम हुन्।

Previous Post

गाउँघरमै हराउन थाले ओखल, जाँतो र पानी घट्ट

Next Post

सोमबार ३ गते सार्वजनिक बिदा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सोमबार ३ गते सार्वजनिक बिदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.