मङ्सिर १० गते । उसको जन्म दिन हो”
बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको चिया र मालपुवा बाँड्दै थिए । सडकमा रहेका असहायहरुको खोजी गर्दै चिया खुवाउँदै थिए । जेनजी आन्दोलनमा सहिद हुनुभएका रसिक खतिवडा खत्रीको आज जन्मदिन हो । रसिक जीवित भएको भए जन्मदिनमा सधैँ आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, बसन्तपुर पुग्थे । छोराले जन्मदिन मनाउने शैली हेर्दै आएका पुरुषोत्तम दम्पत्तीले उहाँले संसार छोडे पनि चिया खुवाउन वसन्तपुर पुगेको बताउनुभयो । “उ यसरी नै आफ्नो जन्मदिनमा सडकका असाहयहरुलाई खाजीखोजी चिया खुवाउँथ्यो”, आमा रचनाले स्मरण गर्दै भनिन्, “दीनदुःखी देख्नै नसक्ने मेरो छोरोको के गल्ती थियो ? अनाहकै ज्या’न गु’मायो ।”छोराको सम्झनामा रचनाको रुनुबाहेक अरु कुनै विकल्प छैन । रसिकले गरेका हरेक राम्रा बानी र व्यवहार मात्रै आफ्नो आँखाभरि फनफनी नाच्ने गरेको उनले बताइन् । जति दिन बित्छ, रचनाको कोखले छोरो खोजिरहन्छ । चिच्याएर रुनु पनि कति रुुनु ? रचनाका अनुसार छोराको सम्झनामा रुँदारुँदै आँसु सुकिसकेको छ । मन भने चर्किरहन्छ । आज रसिक बाँचेको भए, २३ वर्षमा टेक्नुहुन्थ्यो । बल्लतल्ल हुर्काएको छोरोले बिना कसुर ज्या’न गु’माउनु पर्दा राज्यसँग रचनाको थुप्रै प्रश्न छन् । उनले भनिन्,“किन मा’रियो मेरो छोरो ? के गल्ती थियो उसको ?” उनका एक मात्रै २२ वर्षे छोराले भदौ २३ गतेको जेनजी आन्दोलनमा सहिद भए । छोरो गु’माउँदाको घाउ आलै छ ।
जेनजी आन्दोलनको प्रदर्शनीका क्रममा भदौ २३ गते नै दिउसो गो’ली लागेर ज्या’न गु’माएका रसिकले संसार छोडे पनि आमाबुबाको लागि छोरो संसारमा नरहेको विश्वास छैन । घटना भएको दिन साथीहरुले गो’ली लागेर ढ’लेका रसिकको ज्याकेट र मोबाइल घरमा पुर्याइदिएका थिए । साथी क्याफेमा छ भन्दै झुटो बोसेर आमा रचनालाई वास्तविकता लुकाएछन् । त्यतिबेलासम्म पनि रचनालाई छोरो यस संसारमा नरहेको भन्ने कुनै सुइँको नै थिएन । तर, पछि अस्ट्रेलियामा रहेकी छोरीले छोराको अवस्थाबारे भिडियो पठाएपछि भने रचनाले अन्धकार महशुस गरिन् ।







Discussion about this post