सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.५८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७९.७१ अंकमा ओर्लेको छ ।
बुधबार कारोबारमा आएकामध्ये ८३ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ५८ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर छ ।
पछिल्ला केही महिना यता नेप्सेले स्पष्ट गति समात्न सकेको छैन । नत ठूलो अंकले घटबढ्न नै भएको छ नत उल्लेख्य रुपमा कारोबार बढ्न नै सकेको छ । दैनिक रुपमा हेर्दा बहुसंख्यक कारोबार दिन नेप्से घटेको छ भने बाँकी दिन मात्र बढेको छ । घटबढको दर हेर्दा बढ्ने भन्दा घट्ने धेरै छ । यो प्रवृतिले सेयर बजारमा लगानीकर्ताको उत्साह नभएको पुष्टि हुने जानकारहरु बताउँछन् ।



Discussion about this post