रगतको कमी भएका व्यक्तिले आइरन खानु जरुरी हुन्छ । कुनै बालबालिबालिकालाई रगतको कमी भएमा बिशेषज्ञको सल्लाह अनुसार आइरन खुवाउनुपर्छ । कस्ता बालबालीकालाई आइरन खुवाउनुपर्छ भन्ने तल उल्लेख गरिएको छ ।
स्तनपान गर्ने शिशुलाई जन्मेको ४ महिना देखि १ बर्षसम्म आइरन खुवाउनुपर्छ । स्तनपान मात्र गर्ने समय अगावै जन्मेका अर्थात गर्भ रहेको ३४ हप्ताभन्दा अघि जन्मेका जन्मदा कम तौल भएका (२.५ केजी भन्दा कम तौल भएका) शिशुलाई जन्मेको २ देखि ४ हप्ताबाट १ बर्षसम्म आइरन खुवाउनुपर्छ । बच्चामा हेमोग्लोबिनको कमी हुने विभिन्न कारण छन् । बच्चामा कुपोषण, जुका पर्ने समस्याको कारण शरीरमा रगतको कमी हुन्छ । साथै बच्चाको शरीरमा फोलिक एसिड, भिटामिन बी १२, आइरनको कमी भएमा रगत बन्न कम हुन्छ र हेमोग्लोबिनको कमी हुन्छ ।
शिशुलाई ठोस खानेकुरा खुवाउन सुरु गरेपछि आइरनका साथै भिटामिन सियुक्त खानेकुरा खुवाउनुपर्छ ।
बालबालिका १ बर्ष भएपछि हेमोग्लोबिन परिक्षण गराउनुपर्छ ।
बालबालिकालाई गाईभैसीको दुध १ बर्षपछि मात्र शुरु गर्नुपर्छ । उनिहरुलाई दैनिक ७०० एम एल भन्दा बढि खुवाउनुहुदैँन ।







Discussion about this post