• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:46:39+05:45304620266 2026-06-13T15:46:39+05:45000000Sat, 13 Jun 2026 15:46:39 +0545Sat, 13 Jun 2026 15:46:39 +0545Asia/Kathmandu630_304606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000039Asia/Kathmandu 620266-15Jun+0545 304606Asia/Kathmandu3930pm06p, 0000006SaturdayAsia/Kathmandu3939 262026000000 k620266 3003Asia/Kathmandu 1346ffAsia/KathmanduSat, 13 Jun 2026 15:46:39 +0545Asia/Kathmandu62026-06-13T15:46:39+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:46:39 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 46f ( '304606Asia/Kathmandu3930pm06p' === $3026pAsia/Kathmandu || '1781344899' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:46:39 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:46:39 +05456 $30630 ? 304606Asia/Kathmandu() : 304606Asia/Kathmandu() + (46630) ( 3Asia/Kathmandu30_2026p304620266( '30630_2026ff39Asia/Kathmandu30' ) * 15+05451781344899R_06_thEC+05456Satth ); } 46f ( '062639qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:46:39'; } $304606Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781344899+0545C' ) : 6p_304606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454606Asia/Kathmandu( '620266', $304606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:46:39 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:46:39 +05456 $13pm30Asia/Kathmandu304606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:46:39 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

कान पक्नुको तीन समस्या,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया: कानको बनावटलाई तीन भागमा विभाजन गरिएको हुन्छ– बाहिरी, मध्य र भित्री । कानको बाहिरी भागमा खटिरा आएमा कान पाक्न सक्छ । तर धेरैजसो कानको मध्यभागमा विभिन्न समस्या वा संक्रमण हुँदा कान पाक्ने हुन्छ ।

बाहिरी कानको छाला कुनै कारणवश भित्री मध्यभागमा कानमा छिरेमा कान पाक्ने हुन्छ । यसलाई मेडिकल भाषामा ‘ओटाइटिस मेडिया’ भनिन्छ । यस क्रममा कानको मध्यभागमा पिप जम्छ । यसरी जमेको पिप कानको जाली प्वाल पारेर बाहिर निस्किन्छ ।
कान किन पाक्छ ? यसको एक मात्र कारण छैन । कानमा खटिरा आएमा, ढुसी संक्रमण भएमा, कुनै वस्तु अड्किएमा कानको मध्यभागमा संक्रमण हुन्छ । मध्य कानमा एक्कासि संक्रमण भएमा त्यसलाई ‘एक्युट ओटाइटिस मेडिया’ र लामो समयदेखिको जीर्ण प्रकारको मध्य कानको समस्यालाई ‘क्रोनिक ओटाइटिस मेडिया’ भनिन्छ ।
एक्युट ओटाइटिस मेडिया

यो समस्या साधारण रुघाखोकीबाट सुरु हुन्छ । यस अवस्था जटिल हुन गई कान दुख्ने र कानको जाली रातो हुने हुन्छ । एन्टिबायोटिक खाँदा निको हुन्छ ।

क्रोनिक ओटाइटिस मेडिया

कान पाक्ने समस्या सामान्यत: १२ हप्तापछि रहिरह्यो भने क्रोनिक मानिन्छ । यो दुई प्रकारको हुन्छ, ओटाइटिस मेडिया म्यूकोजल र स्क्वामोजल । खासमा म्यूकोजल र स्क्वामस दुवै सतही कोषहरु नै हुन् । म्यूकोजल प्रकारको कोष प्राणी जगत (मानिसको पनि) को बाह्य सतह एवं कुनै पनि नलीको सतहमा हुन्छ । स्क्वामस प्रकारको कोष निकै पातलो, कत्ला परेको र समतल प्रकारको हुन्छ।

खासमा यी कोष पनि शरीरका छालाको सतहका साथै खाद्यनली, श्वासप्रश्वास नली र अन्य नलीका सतहमा हुन्छन् ।

म्यूकोजल खालको क्रोनिक ओटाइटिस मेडिया

म्यूकोजलमा कानको जालीको मध्य भागमा प्वाल परेको हुन्छ । यस्तो अवस्थामा कानको जालीको प्वाल टाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि मात्रै कान पाक्न छाड्छ ।

स्क्वामोजल खालको क्रोनिक ओटाइटिस मेडिया

स्क्वामोजल चाहिं जोखिमयुक्त कान पाक्ने समस्या हो । यस्तो कान पाकेको छ भने डराउनुपर्ने हुन्छ । किनकि यसमा एन्टिबायोटिकले काम गर्दैन र निको हुँदैन । यसमा कोलेस्टियटोमा (असामान्य प्रकारको कोष) भन्ने तत्व, जुन बाहिर कानको छालाबाट कारणवश मध्य कानमा पुगेपछि यस्तो समस्या उत्पन्न हुन्छ । कोलेस्टियाटोमाले गर्दा पिप गन्हाउनुका साथै कान वरिपरिको हड्डी पनि खिइन थाल्छ । त्यसकारण पनि यस समस्यामा अलि बढी सतर्कता आवश्यक हुन्छ ।

यो क्रम यथावत् रहेमा संक्रमण क्रमश: फैलिंदै जान्छ र मस्तिष्कसम्म पुग्न सक्छ । यही कारण मेनिन्जाइटिस हुनसक्छ । मेनिन्जाइटिस भएमा उच्च ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, आँखा धमिलो देख्ने, असामान्य हिंडाइ हुने, उछिट्टिने खालको बान्ता हुने, पिप गन्हाउने, कान कम सुन्ने लक्षण देखापर्छ । यसको समयमै उपचार गरिएन वा हेलचेक्राइँ गरेमा बिरामीको मृत्युसम्म हुने गर्छ ।

के हो मेनिन्जाइटिस ?

मेनिन्जाइटिस भनेको एक प्रकारको मस्तिष्कको रोग अर्थात् मस्तिष्कको सुजन (सुन्निने अवस्था) हो । मस्तिष्कलाई बाहिरी र भित्र गरी दुई भागमा विभाजन गरिएको छ ।

हाम्रो टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको झिल्ली हुन्छ, जसलाई ‘मेनिन्जेज’ भनिन्छ । यही मेनिन्जेजको संक्रमण वा सुजनलाई मेनिन्जाइटिस भनिन्छ । भाइरल, ब्याक्टेरिया, कोलेस्टियटोमाले गर्दा पनि यस्तो समस्या हुनसक्छ ।

अचानक धेरै टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने, गर्धन दुख्ने, गर्धन दुखेर घाँटी अररिने यी सुरुवाती अवस्थामा देखिने लक्षण हुन् । यसको समयमै उपचार भएन भने बिरामी बेहोस हुने, प्यारालाइसिस हुने, आँखा दुख्ने, कान नसुन्ने, अपाङ्ग हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।

के छ उपचार ?

स्क्वामोजल प्रकारको कान पाक्ने समस्यामा एन्टिबायोटिक लगायत औषधिले समेत प्रभावकारी तवरमा काम गर्दैन, अत: एक मात्र उपाय भनेको कानसँगै रहेको हड्डी खुर्किने शल्यक्रिया (मास्टोइड सर्जरी) हो । यस शल्यक्रियाको क्रममा कोलेस्टियटोमा (असामान्य एवं मृतकोषहरु सबै) निकालिन्छ । यसले गर्दा मेनिन्जाइटिस र अनुहार बाङ्गो हुने जोखिम कम हुन्छ । यो समस्याले गर्दा बहिरो हुने त छँदैछ, मुख बाङ्गो हुने अर्थात् फेसियल लक (जाम) हुने, प्यारालाइसिस हुने जोखिम छ ।

अब के गर्ने त ?

यस्तो समस्या भइसकेपछि उपचार खोज्नुभन्दा पनि समस्या आउनै नदिनु उत्तम हो । यसको रोकथामका लागि कानको नियमित सरसफाइमा ध्यान दिनुपर्छ । साथै कान जथाभावी कोट्याउने, तरल पदार्थ हाल्ने, बच्चालाई सुताएर स्तनपान गराउने जस्ता गल्ती गर्नुहुँदैन । कानमा कुनै समस्या भए चिकित्सकलाई देखाउनु उचित हुन्छ ।

Previous Post

कस्ता, कस्ता खानेकुरा काचै खाए स्वास्थ्यलाई हुन्छ फाइदा ?

Next Post

बच्चालाई रगतको कमी हुन नदिने उपाय, जानौं यस् बारे

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

बच्चालाई रगतको कमी हुन नदिने उपाय, जानौं यस् बारे

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In