नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५०० रुपैंयाले वृद्धि भएको हो ।
आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ५५० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४३० रुपैंयामा कारोबार भइरहेको छ छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।



Discussion about this post