नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो।
यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।
सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको महासंघले जनाएको छ



Discussion about this post