आज असोज २ गते मंगलबार सुनको भाउ बढेको छ। उक्त दिन सुन तोलामा ५०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।



Discussion about this post