आज असोज १ गते तीजको दिन सुनको भाउ बढेको छ। उक्त दिन सुन तोलामा २०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।



Discussion about this post