काठमाण्डौ, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले नआउनुको कारण आफूहरुको उपस्थिति भएको बताएका छन ।
आज (मंगलबार) पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको आरोप लगाएका छन ।
अवरुद्ध संसद खुलाउन प्रयास गर्ने भन्दै राष्ट्रपतिले मंगलबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएका थिए ।
तर, आलंकारिक राष्ट्रपतिले कार्यसूचीसहित बोलाएको भन्दै एमाले बैठकमा सहभागी भएन । नेपालले एमाले नेतृत्वको चित्त धेरै सानो भएको बताएका छन ।
उनले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिएँ । तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्’, ‘सम्भवतः त्यहाँ माधव नेपाल, एकीकृत समाजवादीको छायाँ परेको भएर होला आउने काम भएन ।’






Discussion about this post