HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाउने तयारी

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यसलाई अब हामी कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौं ।’

अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो । सहसचिव घिमिरेका अनुसार यो रकम कति हुने भन्ने बारे भने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुनेछ । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने छ,’ उनले भने, ‘हामी सोही कार्यविधि निर्माणको तयारीको चरणमा छौं ।’ आर्थिक वर्ष २०७४/७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको हो ।

मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ ।

सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ ।

मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले श्रमिकलाई दिने सेवा सुविधालाई समयानुकूल नभएको भन्दै बढाउने गृहकार्य गरिएको जानकारी दिए ।

विदेशबाट दुःख पाएर फर्कने श्रमिकलाई समेत क्षतिपूर्तिको व्यवस्था गरिने

मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने सहसचिव घिमिरेले जानकारी दिए ।

‘मृतक परिवारसँगै सरकारले हेर्नुपर्ने अन्य श्रमिकलाई समेत कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

कोषहरुलाई एकीकृत गरी लगिने

सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई हालै मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको हो । रोजगार कल्याणकारी कोषमा भने श्रमिक विदेश जाने बेला नै निश्चित रकम जम्मा गर्ने गरिन्छ । सो रकम मृतक श्रमिकको परिवारलाई क्षतिपूर्ति स्वरुप दिने गरिन्छ ।

विदेशमा कति श्रमिकले गुमाउँछन् ज्यान ?

वैदेशिक रोजगार बोर्डको २०७९/८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा १०३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव नेपाल भित्रने तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ यता हरेक वर्ष १ हजार भन्दा माथि श्रमिकको विदेशमा निधन भइरहेको छ ।

Previous Post

राति अबेरसम्म मोबाइल चलाउँनुहुन्छ ? साबधान,स्वाथ्यमा देखिन सक्छन् गम्भीर समस्याहरू !

Next Post

वनजंगलमा सजिलै पाइने, बनाउन सजिलो हुने र खादा स्वादिलो हुने निगुरोको यस्ता छन् फाइदै फाईदा

HoKhabar

HoKhabar

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

वनजंगलमा सजिलै पाइने, बनाउन सजिलो हुने र खादा स्वादिलो हुने निगुरोको यस्ता छन् फाइदै फाईदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.