एकपटक म्याकुला क्षतिग्रस्त भएपछि, यसलाई मर्मत गर्न लगभग असम्भव छ। अर्थात्, आँखाको ज्योति सधैंका लागि गुक्न सक्छ । राती अबेरसम्म मोबाइल र टिभिको स्क्रिन लाइटले आँखाको झिम्काउने दर घटाउँछ ।
अँध्यारोमा स्क्रिन हेर्दा मोबाइल, ल्यापटप वा टिभीको उज्यालो सिधै आँखामा पर्छ । जसले मोबाइल अथवा टिभीको प्रकाशमा आँखाको ध्यान केन्द्रित हुन्छ । र आँखा झिम्काउने दर कम हुन्छ । एक सामान्य मानिसकाे प्रति मिनेट १२ देखि १४ पटक आँखा झिम्किन्छ। तर लगातार स्क्रिन हेर्दा यो दर ६ देखि ७ सम्म घट्छ।
आँखा सुक्खा हुने, पाेल्ने, इन्फेक्सन, म्याकुलर डिजेनेरेसन जस्ता अधिकांश आँखाको समस्याको कारण झिम्काउने दर घट्नु हो। स्क्रिन लाइटले रेटिनालाई क्षति पुर्याउँछ मोबाइल, ल्यापटप वा टिभीबाट निस्कने लाइटले आँखामा रहेको रेटिनालाई असर पुर्याउँछ । जसका कारण बिस्तारै आँखा धमिलो हुँदै जान्छ र आँखाको ज्योति पनि नष्ट हुदै जान्छ ।
सुत्नुअघि र उठ्ने बित्तिकै मोबाइल प्रयोग गर्नु सबैभन्दा खतरनाक मानिन्छ। यो समय आँखालाई सबैभन्दा बढी आराम चाहिएको हुन्छ । उक्त लाइटले नपुंसकता, तनाव र क्यान्सर जस्ता समस्यासमेत निम्तिने गर्छ ।
बेलायतको एक्सेटर युनिभर्सिटीको अनुसन्धानका अनुसार मोबाइलबाट निस्कने विद्युत चुम्बकीय किरणले नपुंसकता हुने गर्छ । अन्य धेरै अनुसन्धानमा पनि मोवाइलको प्रकाशलाई तनाव र क्यान्सरको कारण भनिएको छ ।
रातमा भन्दा दिउँसो कम क्षति
दिउँसोको समयमा वा उज्यालोमा, हाम्रो आँखाले मोबाइलको स्क्रिनमा धेरै फोकस गर्दैन। जसले गर्दा आँखामा पनि यसको प्रभाव कम हुन्छ । तर रातमा वा अन्धकारमा हाम्रो आँखा सीधै स्क्रिनमा हेर्छन्। जसका कारण आँखामा कम प्रभाव पर्छ ।
प्रकाशबाट कसरी बचाउने आँखा
१)अन्धकारमा सकेसम्म स्क्रिनबाट टाढा रहने ।
२) २०–२० को सूत्र पालना गर्न सकिन्छ । अर्थात, मोेबाइल चलाएको प्रत्येक २० मिनेट पछि २० सेकेन्ड ब्रेक लिने ।
३) आँखामा समस्या देखिनासाथ चिकित्सको परामर्श लिने ]
४) राती मोबाइल चलाउँदा नाइट मोड अन गर्ने।
५) नीलो कट लेन्सको चश्मा लगाउदा पनि यसले आँखालाई प्रकाशबाट जोगाउँछ






Discussion about this post