१२ साउन– पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट एक अर्ब ११ करोड ६१ लाख १९ हजार रुपैयाँको काजु र बदाम आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा १६ लाख ४५ हजार ८९८ केजी काजु र बदाम नेपाल भित्रिएको पाइएको छ ।
०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा ५६ करोड ७ लाख ४१ हजार रुपैयाँको आठ लाख ५७ हजार ६२७ केजी काजु र ५५ करोड ५३ लाख ७८ हजार रुपैयाँको सात लाख ८८ हजार २७१ केजी बदाम नेपालमा आयात गरिएको छ ।



Discussion about this post