समय लम्ब्याउन के गर्नुपर्ला ?
तपाईंको यौन सम्पर्कको समय सन्तोषजनक छ । तपाईंले आफ्नो यौन उत्तेजनाको स्तरका बारेमा केही लेख्नुभएको छैन ।
सर्वप्रथम त तनाव रहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यौन सक्षमता प्रदर्शनमा सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रर्दशित गर्नु पर्ने दबाब भए समस्या अझ चर्को हुन सक्छ । यस्तो स्थितिलाई उभायचmबलअभ बलहष्भतथ भनिन्छ ।
शीघ्र स्खलनको समस्यालाई आफैंले कम गर्न सकिने केही उपाय यौनसम्पर्कको समय लम्ब्याउन पनि प्रयोग गर्न सकिन्छ । त्यसका केही उपायका सम्बन्धमा छोटकरीमा चर्चा गरौं ।
यौनसम्पर्क रोक्ने–सुरु गर्ने
यौन सम्पर्कका क्रममा स्खलनहोला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडालाई रोक्ने र उत्तेजना केही कम भए पछि पुन: प्रारम्भ गर्ने ।
आसन परिवर्तन गर्ने लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा स्खलनलाई ढिलो गर्न मद्दत पुग्छ ।
लिंग अँठयाउने
यौन सम्पर्कका क्रममा स्खलनहोला जस्तो भए तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भए पछि पुन: यौनक्रीडा सुरु गर्ने ।
कन्डम प्रयोग गर्ने
त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयमा शीघ्रस्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।
मांसपेशीको प्रयोग
पिसाब रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा हुन्छ ।






Discussion about this post