यो पोस्ट ले दिने विशेष जानकारी ताम्रजल यानिकि तामाको जग मा राखिएको पानी किन पिउने ? के तामाको जग मा राखिएको पानी पिउन को कुनै
महत्व छ ? भन्ने बारेमा र यसको फाइदाको बारेमा रहेको मुलभुत बिषयहरुलाइ यहाँ प्रस्तुत गरिएको छ।
स्वस्थ्य रहन को लागी प्राचीनकाल बाटै मानिसहरुले तामाको भाँडा प्रयोग गर्दथे । उक्त समयमा अहिले को जस्तो एलुमिनियम, स्टिल, प्लास्टिक, फोमबाट बनेका गिलास जस्ता कुनै सामानहरु थिएनन ।
तत्कालीन समयमा तामाको भाँडा, तामाको सिक्का साथै माटोको भाँडाहरु आदि प्रयोग गर्दथे । उक्त समयमा तामाकै भाँडाकुडा मा पकाएर खाने चलन थियो र अहिलेपनि बुढाबुढी वा हजुरबा, हजुरआमाहरु भएको घरमा तामाकै भाँडोमा पकाएर, झर्के थाल या चरेसको थालमा भात खाने चलन रहेको छ । विभिन्न अतिथिहरुको सत्कार को लागि पनि झर्के थाल,झर्के बटुका मै खाना दिने चलन त्यो बेला देखि अहिले सम्म कायमै रहेको छ ।
ताम्रजल को फाइदाहरु :
ताम्रजल को सेवन बाट थाइराइडको सन्तुलन, रगतमा अक्सिजन को राम्रो सन्तुलन, पाचनतन्त्र को लागी पनि अति राम्रो गर्दछ । किनभने पेटमा भएका हानिकारक जिवाणु तामाको पानीले नस्ट गर्ने गर्दछ र पेटको पाचन सही ढ्ङगमा हुने गर्दछ । ताम्रपानी सधै पिउने गर्दा चोटपटक लाग्दा पनि छिटै निको बनाउछ । हार्ड जोर्नी दुख्नेहरुको लागी ताम्रजल अति राम्रो मानिन्छ । युरिक एसिडको समस्या हुनेहरुले ताम्रजल नियमित बिहान-बिहान पिउने गर्नुपदर्छ । रगतको कमि हुनेहरुको लागी तामाको पानीले फाइदा गर्दछ । तामापानी ले क्यान्सरको सेलहरुको निर्माण हुन दिदैन । ताम्रजल किटाणु नासक पनि हो । छालाको लागी र वजन घटाउन को लागी पनि ताम्रजल राम्रो मानिन्छ ।
शरीर को खराब टक्सिनहरुलाई हटाउन, शरीरमा मरेका सेलहरुलाई हटाउन तामाको पानी को सेवन दैनिक बिहान-बिहान गर्नुपर्दछ । तामाको भाँडोमा राखिएको पानी को सेवनले छिटो बुढ्यौली हुन बाट पनि रोक्दछ । तामामा एन्टिअक्सिडेन्ट रहेको हुन्छ जुन हाम्रो छालाको लागी नयाँ कोसिकाहरु बनाउन सहयोग गर्ने गर्दछ र हाम्रो उमेर बुढ्यौली लाग्दै गएपनी अनुहार झरिलो टाइपको हुने गर्दछ साथै उमेर बितेको पत्तो पनि हुदैन कारण उमेर बिते पनि शरीर एकदमै तन्दुरुस्त भै रहेको हुन्छ ।
उदाहरण को लागी घरमै हजुरबुबा, हजुरआमाहरु लाई हेर्नुहोस, उहिले को समयमा सबै सागपात, फलफुल, दहिमोही, घिउ, सबै अर्गानिक खाना खान्थे । पानी समेत भिटामिन युक्त हुन्थ्यो । कल हुदैन थ्यो । कुवाको मुलको पानी पिउने गर्दथे । अझै पनि पहाडी मुलको पानी लाई इनर्जी युक्त पानी नै मानिन्छ । बैज्ञानिक हिसाब ले हेर्दा पनि पहाडी मुल को पानी तराइ मुल को भन्दा धेरै इनर्जी भएको स्वच्छ पानी हुदछ । जुन हाम्रो शरीर को लागि अत्तिनै महत्वपूर्ण वास्तव मै Natural पानी हो ।






Discussion about this post