बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु शरीरका लागि निकै फाइदाजनक मानिन्छ। उमेलेको पानी मनतताो भएर शेलाएपछि पिउनु स्वास्थ्यका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ।
बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यसप्रकार छन्:
१. बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ।
२. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।
३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ। पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ।
४. तपाईंलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् यसले तपाईंमा भोक जगाउँछ।
५. रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिउनु आवश्यक हुन्छ। यसले शरीरमा आराम मिल्छ।
६. यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस्। चियाकफीको साटो ग्रीन टी पिउनुहोस्। यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ।
७. बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ।
८. यदि तपाईंलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ






Discussion about this post