HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ध्यान दिनुहोस्, किस गर्दा सर्न सक्छ घातक

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पार्टनरसँग चुम्बन गर्नुलाई यौन आत्मिकता कै हिस्सा मानिन्छ । तर, चुम्बन प्रेम प्रकट गर्ने स्पर्श पनि हो । किस गर्दा पार्टनरसँगको सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ ।

तर के तपाईंलाई थाहा छ, किस गर्दा विभिन्न खालका समस्याको सामना गर्नुपर्ने हुन सक्छ, जसमा मुखसम्बन्धी रोगहरू (ओरल डिजिज)का जोखिमहरू पर्छन् ।

तपाईं वा पार्टनरले मुख स्वास्थ्यसम्बन्धी सतर्कता (ओरल हाइजिन) पछ्याउनुहुन्छ भने चिन्ताको कुरै भएन । तर, दुईमध्ये एकले ओरल हाइजिन फलो गर्नुभएको छैन भनेचाहिँ समस्या आइलाग्न सक्छ ।

दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेका अनुसार, मुखसम्बन्धी रोग (ओरल डिजिज) सर्ने खालका हुन्छन् । त्यसलाई पैदा गर्ने ब्याक्टेरियाको सम्पर्कमा आएपछि व्यक्ति यसबाट संक्रमित हुने डा. घिमिरे बताउँछन् ।

जब तपाईं पार्टनरलाई किस गर्नुहुन्छ, तब यसबाट तपाईंहरू दुवैको मुखमा लगभग ८० मिलियन ब्याक्टेरियाको आदान-प्रदान हुन्छ । तपाईं वा पार्टनर लामो समयदेखि दन्त चिकित्सककोमा नगएको वा ओरल हाइजिनलाई फलो नगरेको भए मुखमा रहेको खराब ब्याक्टेरिया आदानप्रदान हुन्छ । यसले मुखमा विभिन्न खालका रोग उत्पन्न गराउन सक्छ ।

कुन-कुन रोग ?

मुखसम्बन्धी समस्या धेरै खालका हुन्छन् । तर, सबै खतरापूर्ण हुन्छन् भन्नेचाहिँ होइन । ब्याक्टेरिया वा भाइरसका कारण बिमार भएको अवस्थामा मुखको रोगबाट संक्रमित हुने खतरा उच्च हुन्छ । तपाईंको दाँत सेतो र सफा छ भने पनि तपाईंलाई मुखसम्बन्धी समस्या आइलाग्न सक्छ ।

क्याभिटी सामान्यतः दाँतको सडनको कारण हो । यो ‘स्ट्रेप्टोकोकस म्युटन्स’ नामक एक विशेष खालको ब्याक्टेरियाका कारणले हुन्छ । यो ब्याक्टेरियाले विशेष प्रकारको एसिड उत्पादन गर्छ, जसले दाँतको इनेमललाई बिस्तारै तोडिदिन्छ । अनि दाँत सड्न थाल्छ । समयमै यसलाई रोकिएन भने कुनै बेला यसले धेरै दाँतलाई जकड्न सक्छ । यो ब्याक्टेरिया लारको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिको मुखमा सजिलै जान सक्छ ।

गिजासम्बन्धी समस्या

गिजा सुन्निने वा यसबाट रगत आउनुको कारण विभिन्न ब्याक्टेरिया नै हुन् । एकपल्ट यो ब्याक्टेरियाबाट संक्रमित भएपछि व्यक्तिले लामो समयसम्म विभिन्न खालका मुखका समस्याहरू झेल्नुपर्ने हुन सक्छ । जब ब्याक्टेरिया व्यक्तिको गिजाको सम्पर्कमा आउँछ, तब यसले एक खालको विष (पोइजन) छोडिदिन्छ । यसले गिजाको कोमल छालामा समस्या पैदा गर्छ । यसपछि नै गिजामा रगत आउने, सुन्निने हुन्छ । अनि ब्रस गरिरहेका बेला गिजाबाट रगत आउने तथा दुर्गन्धको सामना गर्नुपर्ने हुन्छ ।

पेरिओडोन्टल डिजिज

यो बिमार यस्तै स्थिति हो, जसमा गिजाको रेखाभन्दा तल पिपजस्तो बन्न थाल्छ । पछि यो बढ्दै जान्छ र बोन टिस्युलाई प्रभावित गर्न थाल्छ । यसबाट दाँतको जरा खराब हुन्छ । यसो हुँदा दाँत झर्न थाल्छ । वयष्कमा दाँत झर्नुको मुख्य कारण पेरिओडोन्टल डिजिज हो ।

Previous Post

बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु निकै फाइदाजनक फाइदा यसप्रकार छन्

Next Post

हामीले ध्यान गर्दाका ७ फाइदा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

हामीले ध्यान गर्दाका ७ फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.