HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एसीसी प्रिमियर कपको उपाधि चुम्दै नेपाल एशिया कपमा छनोट

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ‘ए’मा तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । मंगलबारबाट सुरु भएको फाइनल खेल वर्षापछि रोकिएर बुधबार पुन: सुरु भएको हो । जसमा यूएईले ११८ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पुरा गर्न ब्याटिङ थालेको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि युवा ब्याटर गुल्सान झाले अर्धशतकिय पारी खेले । उनले ८४ बलमा ३ चौका र ६ छक्काको मद्धतमा ६७ रनको योगदान गरे । कुनैबेला २३ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई गुल्सानले उद्धार गरे । उनलाई क्रिजमा राम्रो साथ दिएका भीम सार्कीले ३६ रन बनाए । यस्तै, दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल १ रन बनाएर आउट भए। सातौँ ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। कप्तान रोहित पौडेल पनि १ रनमा बोल्ड आउट भए।

यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । आयान अफजल खानको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिएका छन्।

Previous Post

दिउँसो को समय मा २० मिनेटसम्मको निन्द्रा स्वास्थ्यका लागि फाइदाजनक

Next Post

कम्युनिष्ट भन्न पनि लाज लागि सक्योः प्रभावशाली युवा नेता खनाल

HoKhabar

HoKhabar

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k
Next Post

कम्युनिष्ट भन्न पनि लाज लागि सक्योः प्रभावशाली युवा नेता खनाल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.