HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

अप्सरा आचार्य by अप्सरा आचार्य
७ महिना अगाडि
in खेलकुद, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । डिशहोम गो एपबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन हेर्न प्रति डिभाइस तीन सय रुपैयाँ तिर्नुपर्ने भएको छ । १ मङ्सिरबाट सुरु हुने एनपीएल दोस्रो सिजन ओटीटीबाट प्रसारण गर्ने अधिकार डिशहोम गो एपले पाएसँगै कम्पनीले शुल्क निर्धारण गरेको हो ।

खाडी राष्ट्रमा बस्नेहरूले डिशहोम गो एपबाट एनपीएल हेर्न पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । त्यस बाहेकका अन्य सबै देशहरूमा प्रति डिभाइस १० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । भारतसँगै नेपालमा स्टार स्पोर्टस टेलिभिजन च्यानलमा एनपीएलका खेल हेर्न सकिनेछ । एउटा नेपाली च्यानलको टुङ्गो शनिबार लाग्दैछ ।

क्यानले ४ नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खुलाएको थियो । जसमा डिशहोम गो एप छनोट भएको हो । युट्युबबाट भने एनपीएलका खेल प्रसारण हुने छैनन् ।

डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब गरी तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड मार्फत सजिलै भुक्तानी गरी विश्वभरबाट एनपीएलको सब्स्क्रिप्सन लिन सक्ने डिशहोमले जनाएको छ ।

साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमा लाइभ हुने कम्पनीले जनाएको छ ।

गुगल प्ले स्टोरमा डिशहोम गो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

उच्च गुणस्तरको र अवरोध रहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स (Mobiotics) र अकामाई (Akamai) सँग प्राविधिक सहकार्य गरेको छ । मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्ने अनलाइन प्रसारण प्रणाली (ओटीटी) निर्माण गर्ने कम्पनी हो । यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा बङ्गलादेश र भारतबिचको खेल एकै पटक २३ लाखभन्दा बढी बङ्गलादेशी दर्शकले सहजै हेरेका थिए ।

त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ । अकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउनु हो । यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोध रहित सञ्चालनलाई सुनिश्चित गर्छ ।

Previous Post

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक २८ गते शुक्रवार को राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक २८ गते शुक्रवार को राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.