HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

 ‘मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ’

हो खबर by हो खबर
२ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले आफ्नो अनुपस्थितिमा पनि टोलीले वाफ महिला च्याम्पियनसिपको उपाधि घर लिएर जाने विश्वास गरेकी छिन् । आफूले जोर्डनसँगको फाइनल खेल्न नपाए पनि मैदानबाहिर टोलीको समर्थनमा हुने उनले बताएकी छिन् ।

सावित्राले टोलीलाई हौसला दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘मलाई विश्वास छ, हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टोलीको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एक पटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।’

भण्डारीले आफू खेलाडीको रूपमा मैदानमा नभए पनि मैदानबाहिरबाटै टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छिन् । उनले आफूलाई क्लबले बढीभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएको भन्दै धन्यवाद दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरा लागि सहज वातावरण सिर्जना गरिदिएकोमा धन्यवाद भन्न चाहन्छु ।’

फरवार्ड भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरू नभएको पनि बताएकी छिन् । वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज राति पौने १० बजे नेपाल र जोर्डन खेल्दैछन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पसँगको सम्झौताअनुसार सावित्राले फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । समूह चरण र सेमिफाइनल खेल विन्डो अन्तर्गत थियो । फाइनल खेल भने फिफा विन्डो बाहिरको हो ।

Previous Post

बढ्यो सुन मूल्य कतिमा हुँदैछ कारोबार ?

Next Post

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k
Next Post

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.