मंगलबार सुनकाे मूल्यमा कुनै घटबढ भएको छैन भने चाँदीको मूल्य घटेको छ। यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा पनि सुन यसै मूल्यमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबार चाँदी एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।




Discussion about this post