नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ। उक्त दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च हो।
अघिल्लो दिन सोमबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कारोबार भएको छ। सोमबार तोलामा चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।



Discussion about this post