काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २६५ कम्पनीको ३० लाख ५६ हजार ७ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड अर्ब ४५ लाखमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार सोल्टी होटेलको भएको छ । यस कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटेलको भएको छ । यस कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, सगरमाथा जलविद्युत कमपनी र तारागन रेजेन्सी होटेल लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ ।



Discussion about this post