सामान्यतः स्वास्थ्य प्रयोगशालाको मुख्य काम बिरामी वा अन्य व्यक्तिबाट लिइएको रगत, दिसा, पिसाब, खकार लगायत अन्य नमूनाहरूको परीक्षणप्राप्त नतिजा उल्लेख गरेर रिपोर्ट प्रदान गर्नु हो। त्यसरी प्राप्त हुने रिपोर्टको माध्यमबाट रोगको निदान तथा उपचारमा आवश्यक उपचार विधिको प्रयोग गरिन्छ। जसले स्वास्थ्य अवस्था मूल्याङ्कन तथा उपचारमा सहयोग पुर्याउँदछ।
तपाई हामीले अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं ।हुन त यसलाई अन्धविश्वास भनेर टार्न सकिएला तर कागती र खुर्सानीको यो संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ ।वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ ।
हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् ।एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ । आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस् । यो देखावटीको वस्तु होइन, स्वास्थ्यका लागि लाभदायक कुरा हो ।






Discussion about this post