HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हाम्रा चिकित्सा प्रयोगशाला कति सुरक्षित छन् ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतः स्वास्थ्य प्रयोगशालाको मुख्य काम बिरामी वा अन्य व्यक्तिबाट लिइएको रगत, दिसा, पिसाब, खकार लगायत अन्य नमूनाहरूको परीक्षणप्राप्त नतिजा उल्लेख गरेर रिपोर्ट प्रदान गर्नु हो। त्यसरी प्राप्त हुने रिपोर्टको माध्यमबाट रोगको निदान तथा उपचारमा आवश्यक उपचार विधिको प्रयोग गरिन्छ। जसले स्वास्थ्य अवस्था मूल्याङ्कन तथा उपचारमा सहयोग पुर्‍याउँदछ।

चिकित्सा क्षेत्रको विकाससँगै अझ ठूला प्रकृतिका रोग र जटिल स्वास्थ्य समस्याको समयमै पहिचान, निदान तथा उपचार सम्भव भइरहेका छन्। बेला–बेलामा मानव जगतलाई त्रसित बनाउने र ठूलो धनजनको क्षति गराउने विभिन्न रोगहरूको संक्रमण देखा पर्दै आएका छन्। तर अहिले कठिन मानिने रोगहरूको उपचार विधि र पद्धतिको विकास भएसँगै प्रयोगशालाको आवश्यकता, प्रभाव र महत्व दिनानुदिन बढ्दै गइरहेको छ।
पछिल्लो समय नेपालमा पनि प्रयोगशाला विज्ञानको अभूतपूर्व विकास भएको र समग्रमा यस क्षेत्रले पनि फड्को मारेको देखिन्छ। केही वर्ष पहिलासम्म सामान्य किसिमका जाँच गर्ने प्रविधि नेपालमा नभएर नमूना विदेश पठाउनुपर्ने बाध्यता थियो।

तर, अहिले प्रयोगशालाको विकासले सामान्यदेखि अत्याधुनिक प्रविधिबाट हुने सबै किसिमका जाँच नेपालमा नै सम्भव भएका छन्। जस्तै, सूक्ष्म जीवाणुहरूको जेनेटिक परीक्षण, क्यान्सरसँग सम्बन्धित जाँच, विभिन्न हर्मोन तथा भिटामिनहरू, आनुवंशिक रोगहरूको परीक्षण, अटोइम्युन रोग सम्बन्धी जाँच लगायत अन्य।

ल्याबको रिपोर्ट गुणस्तरीय हुनुपर्छ। किनकि गुणस्तरीय रिपोर्ट भएन भने सही उपचार हुँदैन, शरीरको वास्तविक अवस्था पहिचान हुँदैन।

धेरैले भनेको सुन्ने गरिन्छ- फरक प्रयोगशालाबाट फरक रिपोर्ट आयो। यसरी रिपोर्ट फरक आउनुमा प्रयोगशालाको मात्र दोष भने हुँदैन। मुख्यतया ल्याबमा जाँच हुनुपूर्व, जाँच हुने क्रममा र जाँच भइसकेपश्चात् गरी तीन चरणमा प्रयोगशालामा त्रुटि देखिन्छन्।

ल्याबको रिपोर्ट फरक आउनुका पछाडि जाँच गर्दा हुने त्रुटिहरू मात्र जिम्मेवार हुँदैनन्। जाँच हुँदै गर्दा र जाँच भइसके पछिभन्दा मुख्यतः जाँच गर्नुभन्दा पहिलाको चरणले नतिजामा प्रभाव पार्छ। जस्तै: नाम दर्ता, बिरामी पहिचान, तयारी, नमूना संकलन, नमूना ल्याबसम्म पुर्‍याउँदा काम, नमूना र जाँच अनुरोध फर्म लगायत।

सम्बन्धित प्रयोगशालाका प्राविधिक वा स्वास्थ्यकर्मीसँग राम्रोसँग सोधेर बुझेर मात्र नमूना दिनाले पनि गुणस्तरीय रिपोर्ट प्रभावित हुन्छ। साथै, बिरामीको अवस्था, मुख्य लक्षण, औषधि खाने भए सो सम्बन्धी जानकारी पनि ल्याबलाई गराउनुपर्दछ।

प्रयोगशालामा जाँच गर्न जानुपूर्व वा नमूना दिनुभन्दा पहिला, जाँच गराउन चाहने व्यक्ति, बिरामी वा बिरामीको आफन्तले पनि धेरै कुराहरू बुझेर मात्र नमूना दिने वा संकलन गर्ने गर्नुपर्दछ। जस्तै –

खाली पेट वा खाना खाएको अवस्था। जस्तो- फास्टिङ अथवा (पीपी)
जुनसुकै समयमा (र्‍यान्डम)
औषधि खाइराखेको बिरामी
नमूना संकलन गर्ने विधि (दिसा, पिसाब, खकार लगायत अन्य)
ल्याबसम्म पुर्‍याउनुपर्ने समय
नमूना संकलन गरेको कन्टेनर कसरी लिने
कस्ता कस्ता सावधानी अपनाउने
धेरैलाई ल्याबको वर्गीकरण र मान्यताका बारेमा थाहा नहुन सक्छ। नेपालमा केन्द्र, प्रदेश र स्थानीय निकायहरूमा सञ्चालन अनुमति दिने तथा अनुगमन गर्ने छुट्टाछुट्टै निकाय छन्।

बिरामी भएर होस् या नियमित चेकजाँचकै लागि किन नहोस्, मान्यता प्राप्त ल्याबमा नै जाँच गर्नुपर्दछ। प्रयोगशालाको गुणस्तर भनेको ल्याबले प्रदान गर्ने रिपोर्टमा प्रकट हुन्छ।

Previous Post

कपडामा लागेको दाग कसरी हटाउने ?

Next Post

किन पसलमा कागती र खुर्सानीको माला बनाएर राखिन्छ ? थाहा पाउनुहोस्।

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

किन पसलमा कागती र खुर्सानीको माला बनाएर राखिन्छ ? थाहा पाउनुहोस्।

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.